त्यत्तिकैमा एकदमै ठूलो दर्के पानी परयो । दन्किरहेको लाशको आगोलाई एकैछिनमै शान्त बनाइदियो । त्यो लाश जलिसकेको थिएन म घण्टौँदेखि त्यहीँ बसेर नियालिरहेको थिएँ । बिचरा त्यस युवकले फेरि आगो बाल्ने प्रयत्न गर्दै थियो । मेरो मन यति धेरै भारी भैसकेको थियो आँखाबाट आँशुका ढिकाहरूले आफ्नो ठाउँ छोडेर बाटो लागिसकेका थिएँ। नजिकै उभिइरहेका दुई मानिस कुरा गर्दै थिए– कस्तो पापी रहेछ ! मरेर जल्ने बेला समेत राम्ररी जलेन।