सुरज उपाध्याय
यता पनि रमाइलो उता पनि रमाइलो,
लाग्न थाल्यो मलाई त गाउँघरै रमाइलो।
हजुरबाले पकाएको खान पाइने आँटो पिठो,
अरू कुरा छोड साथी पानी पनि गाउँकै मिठो।
डुलिरहन मन लाग्ने सफासुग्घर वरपर ,
हेर कति रमाइलो डाँडामाथि हाम्रो घर।
कति मीठो दुध दिने भैंसी पनि गाउँमै छ,
बजार जानै नपर्ने तरकारी नि बारीमै छ।
धान फल्ने खेत नि छ मूल फुट्ने टारी नि छ,
कान्छाबाले लगाएको सुन्तलाको घारी नि छ।
प्रकाशित: २५ असार २०७८ ०६:४७ शुक्रबार