२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रवृत्ति

छोरीलाई चिसो पेय ल्याउन अह्राइन् । अलि परैबाट गिलास राखेर छोरी अलमल्ल परेको देखेर आमाले सोधिन् , ‘आन्टीलाई चिनिनस् ? ’ – चिनेँ नि किन नचिन्नु ? तर ....! –के तर ? – कोसेली बोकेर आउनेले कोरोना सार्दैन हो , आमा ? अझ त्यो सेल्सम्यान दाइले त मास्क लगाको थियो अनि आन्टी त बिनामास्क नै भित्र आउनुभयो त !

तिम्रो प्रीत

साथीहरू सबै भन्छन् केही हैन तिमी, राखेको छु धेरै माया तिमीलाई नै भनी। अटुट छ तिम्रो मेरो यो माया, वर –पीपलझैं शीतल छ यो माया।

सृष्टिको अन्तिम श्वास

अन्वेषणका लागि कुनै पनि यानहरू चन्द्रमाबाट उड्न सकेनन्। प्रविधिका तरङहरूले सबै सौर्यमण्डललाई माकुराको जालोलेझैँ बाँधेको थियो। पृथ्वीका कुनै ठूला अपराधी समूहहरूले पृथ्वी लगायतका धेरै ग्रहलाई एकैचोटि ध्वस्त गर्न सूचना केन्द्र र प्रक्षेपण केन्द्रहरूलाई काम गर्न नसक्ने पारिदिएका थिए। पृथ्वी भन्ने ग्रह टुक्राटुक्रा भयो भने चन्द्रमाको गतिमा समेत असन्तुलन आउन सक्छ ।

घडी चरो

मेरै स्वरको कदर हुन्थ्यो बेला बुझ्नलाई, अचेल कसले सुन्छ मेरो मधुर स्वरलाई। अचेल मेरो कामभन्दा ज्यानको महत्व छ, स्वतन्त्र म छैन अचेल खोरमा बस्नुपर्छ। आज कति बढ्यो भनी मान्छे दिन गन्छन्, nबिर्सिएछन् मेरो नाम ‘भाले’ मात्र भन्छन् ।

नव श्रीमती

अझ श्रीमती रोगी भई । त्यसको उपचार गर्न भन्दै तारेभिरको बाटो शहरतिर लाग्यो । जब भिर आयो, ‘रामराम’ जप्न लगायो । श्रीमती जप्न थाली। उसको पालो बेस्कन हुत्याइदियो । ढुङ्गा–मुढालाई साथै घचेट्दै र बल्ड्याङ खेल्दै ऊ बगरको ठूलो ढुङ्गा बजारिई। संसारलाई देखाउन उसले कोलाहल मच्चायो ।

आमा

ठुलो भई तिम्रो इच्छा पूरा गर्न सकूँ, तिम्ले मलाई गरेजस्तै मैले गर्न सकूँ। तिमी बुढी हुँदा तिमीलाई खुसी राख्न मन छ,संसारकै प्यारी तिमी मेरो मनले भन्छ। भगवानको अदृश्य रूप तिमीभित्र देखेँ, त्यै भएर तिम्रो लागि यो कविता लेखेँ।

मेरी हजुरआमा

बुहारी नानी भित्रबाट गुन्द्रुक साँधी ल्याउँछिन् मसलादार ट्वाक्क सित्तन सबलाई बाँडी दिन्छिन् केटाकेटी पिरो अचार खान्नौं हामी भन्दछन् बटुकीमा मोही देऊ आमा हामालाई भन्दछन्।

आगो

कठोर हुन्छ आगो पार्छ सबै स्वाहा निर्दयी छ यो आफ्नो र पराई भन्दैन बनाउँछ खरानी सबै यो शत्रु हो यो ठूलो मित्र पनि सदुपयोगमा जीवन दुरूपयोगमा मृत्यु ।

कार्यकर्ता

मेरो देशमा हामी कर तिर्छाै सरकारले भ्रुणहत्या गर्ने अस्पताल जन्माउँछ कर तिर्नेको किर्ते सही गरेर विकासको नाममा सम्पन्न कागज तयार पार्ने कर्मचारी उत्पादन गर्छ तिर्नु केका लागि कर कर तिरेर नक्सा पास हुन्छ ?

गगनभेदी नारा

समानता न्यायका खोजीमा झुपडीमाथि उडेका नयाँ रकेटले स्वतन्त्रता र समानताका गीत गाएछन् भोको पेटमा छुरा चलाएर चुह्लोमा चिसो पानी खन्याएर सपनाको उन्नत गीत गाउँदै ठूलेलाई कर लगाईँदैछ भन्न जाग्नुपर्छ जागजाग घन्कन्छ नारा गगनभेदीको।

वीर गोर्खालीका नातिहरू !

बिचरो अपाङ्ग यात्रु सकीनसकी उठ्यो र एउटा खुट्टाको सहाराले उभिँदै बिस्तारै भन्यो, “वीर गोर्खालीका नातिहरू ! तपाईं पाँच जना वीरहरू मिलेर म एकजना अपाङ्गलाई पछार्न सक्नुभएकोमा तपाईंहरूलाई धेरैधेरै धन्यवाद छ । म आफूले आफैंलाई धिक्कार दिन्छु किनकि जनआन्दोलनमा प्रहरीको गोलीद्वारा एउटा खुट्टा गुमाएर पनि मैले आफूलाई वीर बनेर उभ्याउन सकिनँ ।”

मन

ए मन, के खोजेको तैले अरूको खुसी हेर्न नसकी हुरहुरती जल्छस् किन ! असल कर्ममा नियमित डुब्दै जा मन खुशीको दीप जलाउँदै जा पुरुष मात्र जन्मिए संसार नाश हुनेछ नारीको यहाँ आवश्यकता छ ए निर्दयी मन तैले कुरा किन बुझ्दैनस् भन् ...?

निष्ठा च्यूत

मेरो असल मनको अगाडि उसको दुख छटपटिन थाल्यो । मैले पनि उसको सरुवाको राम्रो व्यवस्था मिलाइदिएँ । केही समयपछि कालो कोटधारी, सेतो कोटधारी र उद्दार चाहने धेरै अन्य दुखी, गरिब र दरिद्रहरू मेरो अगाडि आएर एकमुस्ट भने––“हजुर त साक्षात् ईश्वरै हुनुहुन्छ ! हजुरको सेवकहरूलाई नियुक्ति पाऊँ।”

समाचार

उनको समाचार कहिल्यै समाचार बन्न सकेन । त्यही समाचार बन्न नसकेको समाचार देखाएर कम्पनीका मालिकसँग प्रधानसम्पादक र प्रकाशकले वर्षभरिका लागि विज्ञापन खर्च र अझ दह्रो रकम पनि हात पारेका रहेछन्।

असल बन

पढ्न लेख्न अल्छ भए ज्ञानी भइँदैन,नपढेकालाई कतै पनि इज्जत गरिँदैन। आज तिमी पढ्न–लेख्न अल्छी मान्नु हुन्न, परिश्रमलाई पन्छाउँदै पर फाल्न हुन्न। सानो मान्छे तिमी आजभोलि ठूलो हुन्छौ, ज्ञान बुद्धि विवेकी भए भोलि मानी बन्छौ। देश विकास गर्ने जिम्मा तिम्रो काँधमा पर्छ,सोचविचार गरीकन राम्रो कार्य गर्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्