२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

नव श्रीमती

लघुकथा

नन्दलाल आचार्य

 

धनको रासमा बसेर उसले आफू साठी कटेको थाहै पाएन । श्रीमती चालीस पुगेको भने सम्झन भ्यायो । एउटै विस्तराको स्वाद बीस वर्षअघि अर्कै थियो। बीस वर्षपछि अर्कै भयो । ऊ भित्रभित्रै कुँडियो ।

अझ श्रीमती रोगी भई । त्यसको उपचार गर्न भन्दै तारेभिरको बाटो शहरतिर लाग्यो । जब भिर आयो, ‘रामराम’ जप्न लगायो । श्रीमती जप्न थाली। उसको पालो बेस्कन हुत्याइदियो । ढुङ्गा–मुढालाई साथै घचेट्दै र बल्ड्याङ खेल्दै ऊ बगरको ठूलो ढुङ्गा बजारिई। संसारलाई देखाउन उसले कोलाहल मच्चायो ।  

‘प्राण पियारी ! एक्लै गयौ, मलाई पनि साथ लैजाऊ’ भन्न थाल्यो । केही मान्छेको सहयोगले लास उठायो र अन्त्येष्टि गर्यो।

घटनाको महिना दिन पनि बित्न पाएको थिएन, छिमेकी गरिब बाबुकी सोह्र वर्षे छोरीलाई नव श्रीमतीका रूपमा भित्र्यायो। 

प्रकाशित: २४ असार २०७८ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App