२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

मन

कविता

   प्रतिमा तामाङ

 

ए मन बतासभन्दा चाँडो  

उड्दै के खोज्दैछस्

जसको चाहना थियो  

उसले कति प्यारोसित

अँगालिराखेछ

तँचाहिँ किन भड्किहिँड्छस्

जतिसम्म लेखिएको छ

त्यत्तिमै चित्त बुझा

भड्किनु पर्दैन यहाँ

आत्मा तृप्तिका लागि

हजारौ बाटा छन्

तर एउटा सुन्दर बाटो अपना

जहाँ लज्जित भई जिउन नपरोस्

आखिर कसैको पौरखमा

भिख माग्न परे छैन

आफ्नै दश नंग्रा नखियाई भए छैन

जालिमहरूको जालमा फस्न खोज्छस्

यहाँ एक नारीलाई  नाङ्गोपन बनाउने पनि

ए मन तँ नै होस्

शरीरका पञ्च इन्दियहरू

ठिकठाक चल्दा पनि सडकमा

भिख माग्न लाउने पनि तँ नै होस्

निर्लज्ज भई नशामा लतपत हुने गरी

हिँड्न लाउने पनि तँ नै होस्

भलाद्मी चालमा नारी शोषण गर्ने तँ नै होस्

बाल शोषणमा पनि तेरो हात छ

यहाँ कोखभित्रै छोरीको हत्या गरी

छोराको जनसंख्या बढाउन

खोज्ने पनि तँ नै होस्

ए मन,

के खोजेको तैले

अरूको खुशी हेर्न नसकी

हुरहुरती जल्छस् किन !

असल कर्ममा नियमित डुब्दैम जा

मन खुशीको दीप  जलाउँदै जा

पुरुष मात्र जन्मिए संसार नाश हुनेछ

नारीको यहाँ आवश्यकता छ

ए निर्दयी मन तैले कुरा किन बुझ्दैनस् भन् ...?

प्रकाशित: २३ असार २०७८ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App