२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कार्यकर्ता

कविता

सोनाम सज्जन किराँती  

 

मेरो गाउँ बगाइरहेछ

मेरै पसिनाको डोबले

यसर्थ त  

म  

कर तिर्न जादिन  

ट्याक्स तिरेर गाउँ भत्काउनुभन्दा

रातो गुलाफ च्यातेर  

मुर्तिलोकको पुजा गर्ने भिड हेर्न फाइदा लाग्छ  

 

मेरो देशमा  

हामी कर तिर्छाै

सरकारले   भ्रुणहत्या गर्ने अस्पताल जन्माउँछ

कर तिर्नेको किर्ते सही गरेर

विकासको नाममा सम्पन्न कागज

तयार पार्ने कर्मचारी उत्पादन गर्छ

तिर्नु केका लागि कर

कर तिरेर नक्सा पास हुन्छ ?  

यो त नाम मात्रको कागजात हो  

व्यवहारमा अढाई तलामाथि  

पाँचौ तल्ला थपिएका छन्  

कुनै लेखाजोखा छैन शहरभित्र

गाउँ बग्नुको कारण असारे विकास दोषी छ

दोषी त अढाई सय सांसद् हुन

नीति निर्माता हुन

सत्ताको चस्मा खोलुन्जेल  

नीति परिवर्तनको अर्थ कुर्लन्छन्

चस्मा लगाएपछि कुर्सी देख्छन्

 

ए लोभीपापी हो  

एकचोटि पनि त्यो बगेको  

सरकारी ढिकुटीको मतलब लाग्दैन  

सरकारी ढिकुटी मङ्सिरको उपयुक्त समयमा  

आर्थिक वर्षको अन्त गर्दा के बिग्रन्छ

 

कि कमिसनको बाँझो फुट्दैन ?

 

सायद त्यो एकथान मन्त्रालयलाई यो कुरा पच्दैन

जस्ले भोलिको कुर्सी चढ्ने  

खुरापात थान्छ

 

यसर्थ त गाउँ बगाउनु छ  

डोजरले खनेर

पहिरो खसालेर  

पहाड भत्काउनु छ

ट्याक्टर र ट्रकको चक्काले उधिन्नु छ

त्यो कर तिर्नेहरूको मन

र शितल लिनु छ भ्रष्टाचारी लेबी तिर्ने कार्यकर्ता बनेर

 

हो यस्ता कार्यकर्तालाई असल भनिन्छ  

जस्ले चुनेको एकथान  

प्रधानमन्त्री राष्ट्रपति छ

जस्लाई असारे पहिरोलाई

समृद्धिको गीत गाउन भ्याईनभ्याई छ

 

बगाओस् भेलबाढिले विकासको तह

त्यसरी नै समृद्धिको चरण पूरा हुनेछ।

प्रकाशित: २४ असार २०७८ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App