२३ आश्विन २०८१ बुधबार
image/svg+xml

महिलाको छाती

समाजमा वर्गीय खाडल हुँदैनथ्यो, वा समाजवादी व्यवस्था हुन्थ्यो, शासक र नागरिकको जीवनशैलीमा फरक हुँदैनथ्यो, शासन–प्रशासनमा पुग्ने नियमहरू सबैलाई समान हुन्थ्यो, मानिसबीच ठूलो–सानोको मान्यता हुँदैनथ्यो, यौनबारे भ्रमपूर्ण मूल्य–मान्यता हुँदैनथ्यो भने यहाँ कसैले कसैलाई आकर्षित गर्न आवश्यक पर्दैनथ्यो ।

पठनीय संग्रह ‘फेसबुक आइडी’

यो लघुकथा संग्रहमा मुख्य रूपमा हाम्रो समाजमा देखिने खल पात्रहरूको चर्चा बढी गरिएको छ। यसैगरी दोहोरो मापदण्डमा बाँच्ने व्यक्तिहरूको असली चरित्रलाई यो लघुकथा संग्रहका कथाहरूले राम्रो गरी उदांग पारेका छन्। संग्रहका लघुकथाहरू मुख्य गरी सन्देशमूलक छन्। सुन्दर किसिमले लेखिएका छन्। पति र पत्नी बिच हुने अनेक किसिमका मतभेद यो संग्रहमा देख्न सकिन्छ।

सल्किन्छ भित्रभित्रै, आगो रहेछ माया

सल्किन्छ भित्रभित्रै, आगो रहेछ माया, जेलिन्छ जिन्दगानी , धागो रहेछ माया। टिप्दै गएर भाषा , खिप्ने रहेछ गाथा, निर्बन्ध भावनाको, छाँगो रहेछ माया।

पानी

पानीले धेरै काम गर्छ मैलो धुन्छ खाना पकाउँछ बिरुवा उमार्न हामीलाई जे गर्न पनि पानी चाहिन्छ हामीले पानीलाई सफा राख्नुपर्छ।

तिम्ले छुँदा पानी पनि दनदनी बल्दो रै’छ

जान्दैन म मान्दैन म मात्रै भने पुग्छ तिम्ले,नीतिनियम विधिविधान तिम्रा अघि गल्दो रै’छ। अभाव पनि निरीह छ तिम्रो प्रतिष्ठाको सामु, तिम्रै घरको बाटो उसले जानीजानी छल्दो रै’छ। मात्र मौका पाउनुपर्छ ठुलै चमत्कार गर्छौ, तिम्ले छुँदा पानी पनि दनदनी बल्दो रै’छ।

‘सौन्दर्यमा आमा’माथि चौराही नजरिया

मनोवैज्ञानिक रूपमा यो कृत्यलाई महापुराण लगाएको जस्तै ठान्छु म। सम्पादकको मनोवैज्ञानिक धड्कन आमाको मायामा गएको छ। आमा विषय केन्द्रित कुनै सामाजिक सार्वजनिक काम गर्ने अठोट सम्पादकमा आएको कारणले यो पुस्तक प्रकाशन गर्ने काम भएको छ।सम्पादकको यो अठोट र सार्वजनिक काम गर्ने चेत जस्तो सङ्ग्रह गर्भलाई नमन गर्नै पर्छ। यो समाजमा सबैका आमा छन्। बाउ छन्। ममता मृदुलको यो आमाप्रतिको माया, सदभाव तथा सुकार्य समाजमा नमूना भएको छ। त्यसकारण यो अुनकरणीय कार्य हो।

रंगीन संसार

यहीं आकाशमा भुलेका, अनि ढुलेका रंगीन रंगहरूमा तिमीलाई नै खोजिरहेछु, म सधैं–सधैं। बिहानीको मलिन रातो घाममा होस् या साँझको अस्ताउँदो घाममा मैले सधैं–सधैं नै तिमीलाई नै खोजिरहे।

मैले नदी तर्दातर्दै तुइन काट्छौ कहिले

मैले नदी तर्दातर्दै तुइन काट्छौ कहिले, मेरो साँध मिच्छौ मैलाई गोली दाग्छौ कहिले। रवैया छ चर्को तिम्रो नियत छैन निको, कहिले दिन्छौ परिचय असल छिमेकीको ?

म छोरालाई बुद्ध बनाउन खोज्छु

जति सजिलो छ रहर बनाउन, त्यति सजिलो छैन घर बनाउन। म छोरालाई बुद्ध बनाउन खोज्छु छिमेकी खोजिरहेछ हिटलर बनाउन।

हिंस्रक

ज्यानमाराहरू वनमा पसेपछि वनका सबै प्राणीले शान्तिको सास फेरेका थिए। ज्यानमारा बस्ती पसेपछि भने वनमाराहरूको पुनः वनमा राज भयो। न रुखलाई चैन थियो न अन्य प्राणीलाई शान्ति। वन नासिंदै गएपछि प्राण धान्न उनीहरू बस्ती पस्न बाध्य भए।

रचना शर्माका छेस्काहरू

फुलेको फूल नटिप्नु पर्थ्यो गरेछौ भूल! उक्लियो डाँडा बुढेसकाल सबैको काँडा। एकान्त बास सप्रेको मुसो बिल्लीको गाँस।

आत्मसन्तुष्टि

एकाउन्न वर्षदेखि मैंले पठाएको पितृ खर्च प्राप्तिको जवाफ नपाएपछि मैले पण्डित पुरोहितको सट्टा दृष्टिविहीन अपाङ्ग – असहायहरूलाई मेरो गच्छेले भ्याएसम्म द्रव्य तथा भोजन दान गरेको थिएँ ; त्यो आजको आजै पुगेछ हगि बा !

गरिबी र तिज

पोहोरको झैँ तिज आयो भनी गन्दागन्दै दिन साँच्चैको आयो है साथी र संगी दर खाने दिन घरबाट उम्कन पाउन्न भनेर होकि! किन हो किन पठाइनौं आमा यसपालि सम्झेर भाइलाई लिन।

देशमा अहिल्यै के फर्किनु र साथी!

साथी अब त लाग्छ मलाई मेरै देशको माटोले चिन्दैन आफैंले हिंडेको बाटाले चिन्दैन किनकि मेरो देश खुम्चिँदै गर्दा मैले बोलेको छैन धेरै भो आफ्नो देश हेरेको छैन सिरानीमुनिका सपना अझै अधुरा छन् यस्ता अधुरा सपनाहरूको पोको बोकेर देशमा अहिल्यै के फर्किनु र साथी!

चरी

ए मैना! तिमी रोबर्ट हैन, पिँजडा तोडेर खुला आकाशमा उडान भर्नु यी नयन तिम्रो स्वतन्त्रता हेर्न लालायित छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्