सुजन तिमल्सिना
यहीं आकाशमा भुलेका,
अनि ढुलेका रंगीन रंगहरूमा
तिमीलाई नै खोजिरहेछु,
म सधैं–सधैं।
बिहानीको मलिन रातो
घाममा होस्
या साँझको अस्ताउँदो घाममा
मैले सधैं–सधैं नै तिमीलाई
नै खोजिरहे।
सायद तिमीले मलाई
झिसमिसेको अन्धकारमा भुलाएर
तिमी त गइहालेछौं
रंगीविरंगी रंगहरूमा भुल्न।
निकै पर्खायौं तिमीले मलाई
तर,
म तिमीलाई हरियाली पहाडमा
रातारात गुराँस फुलेका भिर
पाखामा खोजिरहें।
सधैं निलो आकाश हेरेर
तिम्रो प्रतीक्षामा दिनरात बिताएँ,
तर, तिमीले मेरो आखाँमा सधैं कालो
रंग छर्ने मात्र काम गर्यौं।
हो म तिमीदेखि निकै रिसाएको छु,
हो त्यसैले त हेर मेरा अनुहारहरू
कालो निलो र रातो देखिरहेकी छौं।
हो म तिमीलाई सधैं पहेंलो
फूलहरूमा खोजिरहन्छु।
किनकि,
मलाई थाहा छ तिमी भमरा हौं।
हो, प्रिया तिमी सधैं मेरै वरिपरि आइरहनु।
किनकि,मेरो मन रंगीचंगी
फूलहरूमा नै सधैं–सधैं रमाइरहने छ।
हो म यसैमा खुसी छु।
किनकि मेरो हृदयमा
तिम्रो सधैं–सधैं नै वास रहने छ।
प्रकाशित: २३ भाद्र २०७८ ०६:५४ बुधबार