२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

मेरो नाम नेपाल, मेरो थर नेपाली

मेरो नाम नेपाल, मेरो थर नेपाली, आफैंमा नेपाल नेपाली हुँ म देशमा, मेरो नाम पृथ्वी, मेरो थर भूगोल, आफैंमा पृथ्वी भूगोल हुँ म भूवनमा

होइन, हुनै सक्दैन 'मान्छे'

होइन हुनै सक्दैन मान्छे, ओई मान्छे! होइन किन बोल्दैन मान्छे नै जस्तो छ त,सर्लक्कै दुई खुट्टाले उभिएको छ,हुनुपर्ने नाक,कान,आँखा, टाउको, हात र जिउ दुरूस्तै छ

स्टिभ जब्सको बालजीवनी सार्वजनिक

माइक्रो कम्प्युटर क्रान्तिका प्रणेता स्टिभ पाउल जब्सको संक्षिप्त बालजीवनी नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित भएको छ।

‘अनेक आयाममा क्रान्तियोद्धा प्रेमकृष्ण पाठक’ सार्वजनिक

प्रेमकृष्ण पाठकको जीवनीमा आधारित पुस्तक ‘अनेक आयाममा क्रान्तियोद्धा प्रेमकृष्ण पाठक’ शुक्रबार सार्वजनिक गरिएको छ।

‘नुन–तेल: विगततिर पदयात्रा’ सार्वजनिक

जीवन क्षेत्रीद्वारा लिखित पुस्तक ‘नुन-तेल: विगततिर पदयात्रा’ सार्वजनिक भएको छ। एक कार्यक्रमका बीच केदारभक्त माथेमा, हिमा बिष्ट र केशव बोहराले उक्त पुस्तकलाई सार्वजनिक गरेका हुन्।

‘लाहुरेको रेलिमाई’ सार्वजनिक

पूर्व गोर्खा सैनिक तथा वातावरण संरक्षण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ।

पर्यावरण अपराधी मुलुक पुग्दा

विश्वकै सर्वाधिक कार्बन उत्सर्जन गरेर तापमान वृद्धि गराउने पहिलो भूगोलको नाम हो अमेरिका। तसर्थ अमेरिका पर्यावरण अपराधी मुलुक हो। युद्ध अपराधीलाई छानबिन गर्ने अदालत हेगमा छ। अब वातावरण प्रदूषक अपराधीलाई तह लगाउने अदालत पनि स्थापना गरिनुपर्छ र अमेरिकालाई त्यो अदालतमा उभ्याइनुपर्छ ।

सुन पोखिएको बिहान

सौन्दर्यका कौमार्य कोपिलाहरू। ज्वारभाटाजस्तै प्रस्फुटित तर पोलिने, तर्साउने र सताउने होइनन्। ती शीतल, शान्त र सुन्दर थिए। बरु आफ्नो सौन्दर्य प्रेषित गर्न उछिनपाछिन गरिरहेका। आफू राम्रो देखिन र देखाउन अग्रसर थिए। वास्तवमा सुन पोखिएको बिहानी छटा सुन्दरताको छविले छताछुल्ल थियो ।

‘सर! किताब लेख्ने बेला लेखकहरू रुँदै रुँदै लेख्छन् हो?’

सामान्यतः हृदयलाई कोमलतासँग र मस्तिष्कलाई बौद्धिकतासँग जोडेर हेरिन्छ। एउटा लेखक त्यही कोमलताले भत्किने हो, द्रवीभूत हुने र विषयबोधको गहिरो रहमा डुबुल्किने हो तर त्यो भावुकता मात्र साहित्यको विषय हुन्न। त्यसलाई आकार दिनुपर्छ र विचारसहित उठाउनुपर्छ अक्षरमा।

ज्ञान मन्दिरमा गुन्डागर्दी!

विश्वविद्यालय भनेको एउटा यस्तो संस्था हो जहाँ उच्च कोटिको शिक्षा दिइन्छ। परीक्षा लिइन्छतथा विद्यार्थीलाई विद्यासम्बन्धी उपाधि प्रदान गरिन्छ। अनुसन्धानमा तालिम दिइन्छ र विद्यार्थीलाई समस्या समाधान गर्न सक्षम बनाइन्छ।

नियमन गरौं, निराश नपारौं

विगतमा उच्च र थप उच्च शिक्षाका लागि मात्रै विदेश जाने चलन थियो। अहिले भने विद्यालय शिक्षा पार गर्नासाथ विदेश जाने प्रवृत्ति बढेकाले शिक्षा क्षेत्रमा चासो र सरोकार राख्नेहरूलाई सोचमग्न बनाएको छ।

सधैंझैं रंगीन छैन यो साँझ अचेल बेग्लै छ

हे प्यारी कसम सम्झिन्छु सधैं यो सन्ध्या एक्लै छ, ‘सधैं झैं रङ्गीन छैन यो साँझ अचेल बेग्लै छ। त्यो हाँसो छैन, त्यो प्यार छैन, छ बाँकी रोदन यही, हिजोझैं सुन्दर यो घर छैन, फोहोर जताततै।

चलचित्र ‘हल्कारा’ प्रदर्शनमा

अहिले प्रविधिमय जीवनमा कसैलाई केही भन्नु छ वा सन्देश पुर्‍याउनु सहज छ। प्रविधिले दिएको यो सहजताको समयमा गाउँगाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’को कथामा बनेको चलचित्र आजदेखि प्रदर्शनमा आएको छ।

सरिता पराजुलीका दुई पुस्तक लोकार्पण

दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष काठमाडौंले साहित्यकार सरिता पराजुलीको कवितासंग्रह प्रेमिल प्रतिध्वनि र नियात्रासंग्रह थेम्स किनार वरिपरिको लोकार्पण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्