२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

स्टिभ जब्सको बालजीवनी सार्वजनिक

माइक्रो कम्प्युटर क्रान्तिका प्रणेता स्टिभ पाउल जब्सको संक्षिप्त बालजीवनी नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित भएको छ। नेपालीमा ‘भोको रहू, मूर्ख रहू’ शीर्षक राखेर विमलकुमार सुवेदीले अनुवाद गरेका हुन्। भिक्टर प्रधान सम्पादक रहेको पुस्तकमा थोमस साहिन्यानका चित्र समावेश  गरिएका छन्।

अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गरेको हो। जसको अंग्रेजी शीर्षक ‘स्टे हङ्ग्री स्टे फुलिस’ छ। यसका मूल लेखक न्युन टोरोस्यान हुन्। ‘भोको रहू, मूर्ख रहू’ भन्ने पदावली स्टिभ जब्सले प्रयोग गरेको उत्साहवर्धक नारा हो। भोको मानिस जसरी भोक मेटाउन निकै खटेर काम गर्छ र मूर्ख जसरी असफल भए पनि बारम्बार कोसिस गरिरहन्छ, त्यसरी नै मानिस नयाँ प्राप्तिका लागि मरिमेटेर प्रयत्नशील रहून् भन्ने सन्देश जब्सले प्रवाह गरेका छन्।

‘एप्पल’ कम्पनीका सहसंस्थापक जब्स आइफोनका जन्मदाता हुन्। अहिलेको प्रविधिको युगमा उनी महत्वपूर्ण आविष्कारक मानिन्छन्। उनको जन्म र हुर्काइ भने सामान्य अवस्थामा भएन। अविवाहित युवतीबाट जन्मिएका जब्सलाई अरू नै धर्ममाता/पिताले स्विकारेर हुर्काएका हुन्।

१० वर्षमै इलेक्ट्रोनिक्समा उनको रुचि बसिसकेको थियो। पछि कलेजमा पढाइप्रति उनको मन गएन। त्यसपछि उनले कस्ता हन्डर खाए, त्यसले उनलाई कतातिर डोर्‍यायो? पुस्तकले सविस्तार वर्णन गरेको छ।  

प्रकाशित: ३० वैशाख २०८० ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App