२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

सरिता पराजुलीका दुई पुस्तक लोकार्पण

दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष काठमाडौंले साहित्यकार सरिता पराजुलीको कवितासंग्रह ‘प्रेमिल प्रतिध्वनि’ र नियात्रासंग्रह ‘थेम्स किनार वरिपरि’को लोकार्पण गरेको छ।

समाजसेवी एवं इन्जिनियर कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा आयोजित लोकार्पण समारोहमा प्रमुख अतिथि डा. दामोदर पुडासैनी ‘किशोर’, लेखक पराजुली र अन्य विशिष्ट अतिथिहरूले दुवै कृतिको एकैसाथ लोकार्पण गरेका थिए।

प्रमुख अतिथि डा. दामोदर पुडासैनी ‘किशोर’ ले सरिता पराजुलीको कवितासंग्रह प्रेमिल प्रतिध्वनिमा प्रेमका बिम्बहरूका माध्यमबाट समाजका विकृति, विसंगति, प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धका पक्षमा निकै आकर्षक ढंगले अभिव्यक्ति दिएको बताए।

दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष काठमाडौंले साहित्यकार सरिता पराजुलीको कवितासंग्रह ‘प्रेमिल प्रतिध्वनि’ र नियात्रासंग्रह ‘थेम्स किनार वरिपरि’को लोकार्पण गरेको छ।

प्रमुख अतिथि डा. पुडासैनी ‘किशोर’ ले थेम्स किनार वरिपरि पश्चिमी र पूर्वीय दर्शन, संस्कृति र भूगोल चिनाउने महत्त्वपूर्ण कृति भएको पनि बताए।

कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) मधु पुडासैनी र साहित्यकार राजेन्द्र पराजुलीले शुभकामना मन्तव्य दिएका थिए।

साहित्यकारहरू - उमेश पाण्डे, भवानी मैयाँ पन्थ, तारा केसी, रेणु अधिकारी ‘मौनता’ र राजेन्द्र घिमिरेले लाेकार्पित प्रेमिल प्रतिध्वनिका केही कविता वाचन गर्दै उक्त कृतिबारे आआफ्ना धारणा प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि डा. पुडासैनी ‘किशोर’ ले थेम्स किनार वरिपरि पश्चिमी र पूर्वीय दर्शन, संस्कृति र भूगोल चिनाउने महत्त्वपूर्ण कृति भएको पनि बताए।

लेखक पराजुलीले एकैसाथ कविता र नियात्रा कृति लोकार्पण गर्न पाएकोमा खुशी हुँदै अन्य विधाको पनि कृति प्रकाशन गर्ने लक्ष्य रहेकाे बताइन्।

सभाध्यक्ष कृष्णप्रसाद पराजुलीले सरिता पराजुलीका कवितासंग्रह र नियात्रासंग्रहको प्रकाशनले गौरवबोध भइरहेको धारणा व्यक्त गरे।

साहित्यकार कल्पना पराजुलीले स्वागत मन्तव्य प्रस्तुत गरेकाे उक्त कार्यक्रमको संयोजन समाजसेवी सञ्जिना पराजुलीले गरेकी थिइन्।

प्रकाशित: २९ वैशाख २०८० ०४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App