धनगढी विमानस्थल एक महिनादेखि बन्द
सुदूरपश्चिम प्रदेशबाट काठमाडौं उडान हुने एकमात्र नियमित उडान हुने धनगढी विमानस्थल बन्द भएको एक महिना बित्दा पनि सुचारु हुन सकेन। हवाई उडान बन्द हुँदा सुदूरपश्चिम प्रदेशका सर्वसाधारण प्रत्यक्ष मार्कामा परेका छन् भने पर्यटन, व्यवसायलगायत क्षेत्र प्रभावित बनेका छन्।