१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

जापान उडान अनुमतिको टुंगो ४५ दिनभित्र

काठमाडौं– नेपाल वायुसेवा निगमले वाइड बडी जहाज जापानको ओसाका सहरमा उडाउने अनुमतिका लागि आवेदन गरेको छ।

प्रक्रिया पूरा गरेर अनुमतिका लागि आइतबार जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) मा आवेदन दिएको निगम सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए। उनका अनुसार आवेदन दिएको मितिबाट ४५ दिनभित्र अनुमति पाउने, नपाउने टुंगो लाग्छ। अनुमति पाउने प्रबल सम्भावना रहेको पनि उनले बताए। सोही अनुसार निगमले असार तेस्रो साताबाट साताको तीन उडान गर्ने योजना समेत बनाएको छ। निगमले यसअघि माघमै उडान गर्ने बताउँदै आएको थियो। तर, प्रक्रिया ढिलो हुँदा अनुमतिको लागि आवेदनै दिन सकिरहेको थिएन।

निगमले एक दशकअघिसम्म जापानको ओसाकामा उडान गर्दै आएको थियो। निगमको बोइङ ७५७  काठमाडौंबाट चीनको सांघाई हुँदै ओसाका पुग्थ्यो। हप्तामा दुईपटक उडान गर्दै आएको निगमले जहाज अभाव भएको भन्दै २०६४ सालबाट उडान बन्द गरेको  थियो । निगमले दुईवटा वाइड बडी जहाज किनेसँगै गन्तव्य विस्तारको लागि पुनः जापानको ओसाका उडान थाल्ने तयारी गरेको हो। निगमले दुई वाइड बडी १० महिनाअघि किनेको हो।

निगमसँग हाल अन्तर्राष्ट्रिय उडान गर्ने दुई सय ७४ सिटे दुई थान ‘ए३३०–२००’ वाइड बडी, एक सय ५८ सिटे दुई थान ‘ए३२०–२००’ न्यारो बडी सञ्चालनमा छन्। हाल यी जहाजहरु दुबई, दोहा, हङकङ, बैंकक, मलेसिया, नयाँदिल्ली लगायत दुरीमा उडिरहेका छन्।
 

प्रकाशित: २६ चैत्र २०७५ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App