निगमले माग्यो नारितामा उडान अनुमति
नेपाल वायुसेवा निगमले गन्तव्य विस्तारको लागि जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न अनुमति मागेको छ। यसअघि जापानकै ओसाका विमानस्थल उडान अनुमति मागेको थियो। तर, उक्त विमानस्थलका अनुमति पाउने वा नपाउने अझै टुंगो नलागेको निगमले जनायो।