१२ मंसिर २०८१ बुधबार
image/svg+xml

'कम्युनिष्ट गठबन्धनले कांग्रेस नेताको हत्या गर्न खोज्यो'

नेपाली कांग्रेसले कांग्रेसप्रतिको जनलहरबाट अत्तालिएर कम्युनिष्ट गठबन्धनले नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि निरन्तर आक्रमण गरिरहेको आरोप लगाएको छ ।

बाबुले गरे छोराको हत्या

यहाँको पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको हत्या गरेका छन्।  बीस वर्षीय क्षेत्रबहादुर बुढाले गत सोमबार छोराको टाउकोमा ढुंगाले किचेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए।

गौचन हत्या प्रकरण : सुटरले प्रयोग गरेको पेस्तोल फेला परे

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र ८ राउण्ड गोलीसहित वसन्त थेवे र धनराज योङहाङलाई पेस्तोल, कटुवा पेस्तोलसहित बिहीबार बेलुका पक्राउ गरेको थियो ।

गौचन हत्यामा संलग्न दुई जना पेस्तोलसहित पक्राउ

शरदकुमार गौचन हत्यामा संलग्न रगेको आरोपमा कपनबाट बशन्त थेबे र धनराज योङहाङ पक्राउ परेका छन्। बिहीबार बेलुका ८ राउन्ड गोली र २ वटा पेस्तोलसहित उनीहरु पक्राउ परेका हुन्।

गौचन हत्या कारण सडक ठेक्का कमिसन

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको कारण ठेक्का लागेको १३ अर्ब रुपैयाँबराबरको हुलाकी लोकमार्गको कमिसन र प्रहरी इन्काउन्टरमा मारिएका सामाखुसीका गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको पैसा देखिएको छ ।

उम्मेदवार हत्या गरेर निर्वाचन भाँड्न खोजियो : शेरधन राई

पूर्व सूचना तथा सञ्चारमन्त्री एवम् प्रदेश सभा भोजपुर क्षेत्र नंम्बर २ का प्रत्यक्षतर्फका वाम गठबन्धनका साझा उम्मेदवार शेरधन राईले आफ्नोे हत्या गरेर निर्वाचन भाड्ने षडयन्त्र भैरहेको बताएका छन् । चुनावी सभाका लागि जाने क्रममा मंगलबार बिहान पश्चिीमी टेम्के मैयुङ गाउँपालिका वडा नम्बर ६ कोटको गुम्बामा राईको गाडीमाथि बम प्रहार भएको थियो ।

भारतीय र नेपाली समूह मिलेर गौचनको हत्या

भारतमा रहेका समिरमान बस्नेतले नेपाल र भारतका आपराधिक व्यक्ति परिचालन गरेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या गराएको प्रहरी अनुसन्धानले देखाएको छ । सामाखुसीका कुमार श्रेष्ठ (घैंटे) समूहमा रहेर उपत्यकामा आपराधिक गतिविधि गर्दै आएका बस्नेत २ वर्षअगाडि प्रहरी इन्काउन्टरमा घैंटे मारिएपछि भारत पलायन भएका थिए । उनले उतै बसेर नेपालमा सहयोगी परिचालन गराई ठेकेदारसँग पैसा उठाउन गौचनको हत्या गराएको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

गौचन हत्यामा संलग्न ५ जना पक्राउ

प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ५ जनालार्इ पक्राउ गरेको छ। मंगलबार पुलिस क्लबमा सुटर राजिव स्याङताङ, सिबजि महतो, मुकेश कुमार पाण्डे, सन्तोष गुरुङ र  प्रकाश बुढाथोकीलार्इ प्रहरिले पक्राउ गरी सार्वजनिक गरेको हो। एआअाइजी जयबहादुर चन्दले नेपाल छोडेर भागेका समिरमान सिंह बस्नेत र मनोज पुनको योजनामा १३ जना परिचालित भएर गाैचनको हत्या भएको बताए।

गौचन हत्यामा संलग्नहरु पक्राउ, प्रहरीले ३ बजे सार्वजनिक गर्दै

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आज दिउँसो ३ बजे पुलिस क्लबमा संलग्नहरुलाई सार्वजनिक गर्दैछ। महाानगरी प्रहरी प्रमुख जयबहादुर चन्दले पक्राउको पुष्टि गरेका छन्। उनले पक्राउ क्रम जारी रहेकाले सबै विवरण पत्रकार सम्मेलनमार्फत् गरिने बताए।

छोरी र २ नातिनीको हत्या गर्ने पक्राउ

रोल्पामा एक जनाले आफ्नी छोरी र २ नातिनिको हत्या गरेका छन् । रोल्पा नगरपालिका ७ कोर्चाबाङ उपल्लो घापाका करिब ४० वर्षीय लीलबहादुर पुन मगरले करिब २३ वर्षीया छोरी पेवाबती केसी, नातिनीहरू करिब २ वर्षीया दिया केसी र करिब ६ महिनाकी निया केसीको हत्या गरेको प्रहरीले जनाएको छ।

मैना सुनार हत्या मुद्दामा सर्वोच्चले मिसिल मगायो

सर्वोच्च अदालतले ‘मैना सुनार हत्या प्रकरण’ मा जिल्ला अदालत काभ्रेको फैसला फाइल मगाएको छ । न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले आइतबार ‘मैना सुनार प्रकरण’ सम्बन्धी मिसिल झिकाउने आदेश गरेको हो । आइतबार दुवै पक्षको सुनुवाइपछि सर्वोच्चले मुद्दाको मिसिल झिकाउने आदेश गरेको हो।

लक्ष्मण हत्याका आरोपी जेल चलान

झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

इन्धन बोकेको ट्यांकरमा बम आक्रमणगरी १५ को हत्या

अफगानिस्तानको चारिकार नगरमा इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा बम हमला गरेर कम्तीमा पनि १५ जनाको हत्या गरिएको छ।  प्राप्त पछिल्लो समाचारअनुसार सो तेल ट्यांकरमा अज्ञात समूहले बम हमला गरेको थियो। बम आक्रमणपछि सो ट्यांकर विस्फोट भएको र त्यसका कारण भएको आगलागीमा परी वरपर रहेका नागरिक जलेर मरेका थिए।

दुर्घटना होइन, हत्या

यही कात्तिक ११ गते धादिङको गजुरीमा यात्रुवाहक बस त्रिशूलीमा खस्दा ३१ जनाभन्दा बढी यात्रुको दुखद् निधन भयो । यसैगरी कात्तिक १३ गते बुटवलबाट गुल्मीको तम्घास जाँदै गरेको माइक्रो बस गुल्मीको बिरवासमा दुर्घटना हुँदा ११ जनाको दुखद् निधन भयो ।

अंशवण्डाको विवादले बुबाको हत्या

अंशवण्डाको विवादमा आफ्नै छोराले कुटपिट गर्दा बावुको मृत्यु भएको छ। जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर २० स्थित रेडक्रस टोलमा घर भएका हिरालाल महतोको छोराको कुटाईबाट मृत्यू जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्