अर्थतन्त्रमा देखिएको मन्दीका कारण उद्योगी व्यवसायीको मनोवल निकै खस्किएको छ। बजेट निर्माणको पूर्वसन्ध्यामा त्यसलाई उकास्ने खालको बजेट र नीति कार्यक्रम ल्याउन सुझाव दिएका थियौं।
रोमान्टिक लभ सार्वकालिक र सर्वव्यापी कुरा होइन । यो समाज विकासको खास अवस्थाले निर्माण गरेको हो । कोही पनि प्रेमी वा प्रेमिका छनौट गर्न स्वतन्त्र छैन । ‘पिरती आफैँ हुँदो रैछ’ जस्ता गीतहरू सुनाइयो । त्यसैले हामीलाई लाग्यो कि हामी रोमान्टिक लभ गर्न पूर्णतः स्वतन्त्र छाँै । तर यथार्थता के हो भने माया आफैँ हुँदैन ।
यही कात्तिक ११ गते धादिङको गजुरीमा यात्रुवाहक बस त्रिशूलीमा खस्दा ३१ जनाभन्दा बढी यात्रुको दुखद् निधन भयो । यसैगरी कात्तिक १३ गते बुटवलबाट गुल्मीको तम्घास जाँदै गरेको माइक्रो बस गुल्मीको बिरवासमा दुर्घटना हुँदा ११ जनाको दुखद् निधन भयो ।
नैतिकवान् नेता भीमबहादुर तामाङले बाह्रौँ महाधिवेशनमा नराम्रो पराजय भोग्नुप¥यो भने भ्रष्टाचार प्रमाणित भएर कारबाही भोगेका खुमबहादुर तेह्रौँ महाधिवेशनमा दोस्रो धेरै मतका साथ विजयी भए । जो भ्रष्टाचारले समाज बिग्रियो भनेर दिनरात चिच्याउँछ, ऊ आफैँ भ्रष्टलाई अनुमोदन गर्छ र अवसर पाए आफैँ भ्रष्टाचारमा संलग्न हुन्छ ।