coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कसरी र किन हुन्छ खुमबहादुरहरूको पुनरोदय ?

सन् १९९८ मा जर्मनीका तत्कालीन चान्सलर हेल्मुट कोलको पार्टीले निर्वाचनमा गैरकानुनी रूपमा आर्थिक लाभ लिएको आरोप लाग्यो । यसबारेमा अनुसन्धान सुरु भएपछि उनले नैतिकताको आधारमा पार्टीबाट राजीनामा दिए र सदाका लागि राजनीतिबाट बाहिरिए । तर नेपालमा भ्रष्टाचारको आरोप प्रमाणित भएर कारबाही भोगेका खुमबहादुर खड्काको नेपाली कांग्रेसको १३ औँ महाधिवेशनले राजनीतिक पुनरागमन गराइदियो । कांग्रेसी कार्यकर्ताले खुमबहादुर खड्कालाई दोस्रो धेरै मतसाथ केन्द्रीय सदस्यमा विजयी गराए । अझ प्रतिनिधि र प्रदेशसभा सदस्यको उम्मेदवार छनोटका लागि नेपाली कांग्रेसले भर्खरै गठन गरेको संसदीय बोर्डमा खुमबहादुर खड्का मनोनित भए । अब खुमबहादुरले देशभरका कांग्रेस कार्यकर्तालाई टिकट वितरण गर्छन् जसले गर्दा उनको घरबाहिर देशभरका कार्यकर्ताको भीड लाग्न थालेको सञ्चारमाध्यमले खबर सुनाइरहेका छन् । जर्मनीमा भ्रष्टाचारको आरोप लाग्नेबित्तिकै नेताले नैतिकताको आधारमा राजनीतिबाट बाहिरिन्छन् । नेपालको कानुनले पनि यही भन्छ तर नेपालमा भने यस्ता व्यक्ति र प्रवृत्तिलाई घुमाउरो बाटोबाटै शक्ति सुम्पिइन्छ । उनीहरूको राजनीतिमा केही असर पर्दैन । नेपालमा भ्रष्टाचार प्रमाणित भइसकेका व्यक्तिको राजनीतिक पुनरोदयको कारण के हुन सक्छन् र त्यसले नेपाली समाजमा के कस्ता प्रभाव पार्न सक्छ रु यो सार्वजनिक बहस र छलफलको विषय बन्नु जरुरी छ। 

नैतिकवान् नेता भीमबहादुर तामाङले बाह्रौँ महाधिवेशनमा नराम्रो पराजय भोग्नुप¥यो भने भ्रष्टाचार प्रमाणित भएर कारबाही भोगेका खुमबहादुर तेह्रौँ महाधिवेशनमा दोस्रो धेरै मतका साथ विजयी भए । जो भ्रष्टाचारले समाज बिग्रियो भनेर दिनरात चिच्याउँछ, ऊ आफैँ भ्रष्टलाई अनुमोदन गर्छ र अवसर पाए आफैँ भ्रष्टाचारमा संलग्न हुन्छ ।

सामान्य आँखाले हेर्दा नेपाली समाज भ्रष्टाचारप्रति अत्यन्तै संवेदनशील बन्दै गइरहेको देखिन्छ । तर सर्वोच्च अदालतबाट भ्रष्टाचारको अभियोग प्रमाणित भएर जेल जीवन समेत बिताएका व्यक्तिले अत्यधिक मतसाथ कसरी निर्वाचन जितेर राजनीतिमा पुनरागमन सम्भव भयो रु फेरि ती व्यक्तिलाई राजनीतिमा चुनाव लड्न कानुनले रोक्छ तर फेरि त्यही व्यक्ति टिकट वितरण गर्ने समितिमा कसरी मनोनित हुन्छ रु यस प्रश्नको जवाफ पाउन नेपाली समाज र राजनीतिक संरचनाका खास सवाललाई बुझ्नु आवश्यक छ। 

नेपालमा राजनीतिक दलको सञ्चालन तथा व्यवस्थापनको खर्च अत्यन्तै महँगो छ । महँगो पार्टी सञ्चालन खर्चलाई धानिदिने नेता भ्रष्टाचारको अभियोगमा जेल नै गए पनि कार्यकर्ताको सम्मानमा कुनै कमी आउँदैन । सत्तामा हुँदा राज्यकोषको दोहन गरी पार्टी भवन बनाउन, निर्वाचनमा आवश्यक पर्ने खर्चको जोरजाम गर्न, पार्टीका अधिवेशन, महाधिवेशन तथा आमसभाहरूका लागि आवश्यक पर्ने ठूलो मात्राको रकम व्यवस्थापन गर्नका लागि योगदान गर्ने नेतालाई कार्यकर्ताले आफ्नो आदर्शका रूपमा लिन्छन् र नेता मान्छन् । खुमबहादुरले हिजो सत्ता र शक्तिको दुरुपयोग गरी पार्टी र कार्यकर्ताहरूको हितका लागि गरेको लगानीलाई आज पार्टी नेता तथा कार्यकर्ताले थप अनुमोदन गरिदिएका हुन्। 

बेरोजगार कार्यकर्ताहरूको भीड भएको राजनीतिक दलमा नैतिकताभन्दा पैसा हेरिन्छ । नेपालका सबै राजनीतिक दलमा बेरोजगार कार्यकर्ताको भीड छ । यस्तो अवस्थामा जुन नेताले सत्तामा जाँदा आफूले कमाउँछ र बेरोजगार कार्यकर्तालाई निर्बाध रूपमा बाँड्न सक्छ त्यसले जतिसुकै नैतिकहीन र भ्रष्ट गतिविधि गरेर कारबाही भोगे पनि उसको राजनीतिमा पुनरोदय सम्भव हुन्छ । अर्थात् ऊ आफू राजनीतिक पद लिन अयोग्य भए पनि राजनीतिको मियोका रूपमा रहिरहन्छ । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भई डिल्लीबजार जेल जाँदै गर्दा खड्काले भनेका थिए, “मैले दुई हातले कमाएको हुँ तर १० हातले बाँडेको पनि छु ।” हो, आफू सत्तामा हुँदा दुई हातले कमाएर १० हातले कार्यकर्तालाई बाँड्ने र पालनपोषणका लागि खर्च गर्ने नेताहरूले जतिसुकै नैतिकहराम काम गरे पनि कार्यकर्ताले चुपचाप अनुमोदन गर्छन् । नेताले विनाहिच्किचाहट पार्टीभित्रका शक्तिशाली समितिहरूमा मनोनयन गर्छन् । जसले आफ्नो र आफ्नो परिवारका लागि मात्र कमाए तिनीहरूको राजनीतिक जीवन चिरञ्जीवी वाग्लेको जस्तै गरी सकिन्छ।   

नेपाली राज्यको प्रकृति भ्रष्टलाई सम्मान र उत्प्रेरित गर्ने किसिमको छ । नत्र भ्रष्टाचारको अभियोगमा जेल गएका तिनै खुमबहादुर खड्कालाई सरकारले उपचारको नाममा किन ३४ लाख रुपियाँ दिन्थ्यो रु भ्रष्टाचार गर्ने खुमबहादुर जस्तालाई सरकारले नै पुरस्कृत गर्ने तर इमानदार भई दुर्गम जिल्लामा बसेर गरिब बिरामीको उपचारमा दिन–रात खट्ने चित्रप्रसाद वाग्ले जस्ता डाक्टरहरू उपचार नपाएर मर्नुपर्ने अवस्था नेपाली राज्यको खास चरित्र हो । यस्तो चरित्र भएको राज्य तथा समाजमा पैसा अनि पैसावाला नै आदर्श हुन्छन् । को इमानदार छ भन्दा पनि कसले टन्न कमाउन सक्छ र धेरथोर आफूलाई दिन सक्छ वा कमाउने ठाउँमा पठाइदिन सक्छ त्यसैलाई नेता मान्छन् र मत दिन्छन्, आदर्श मान्छन् । 
नेपाली राजनीतिमा अहिले पनि नैतिकता तथा सदाचार होइन, जेल नेल भोगेको इतिहासको हिसाबकिताब हुन्छ । एजेन्डा, विचार, क्षमताभन्दा पनि कुन दाइ वा कामरेडले कति वर्ष जेल बसे भन्ने हिसाब हुन्छ । ती दाइ वा कामरेडले आफ्नो आर्थिक आवश्यकता पूरा गरिदिने वा अपराध गरे संरक्षण गर्न सक्छन् वा सक्दैनन् भनेर हेर्ने र त्यसका आधारमा मतदान गर्ने समाजमा भ्रष्टाचार कुनै विषय नै बन्दैन । नैतिकताको कुनै मूल्य हँुदैन । अनि खुमबहादुरहरूको राजनीतिक पुनरोदय हुन्छ।  

खुमबहादुर चरित्रको राजनीतिक पुनरोदयले नेपाली समाजमा अब कस्तो प्रभाव पार्छ वा कता लैजान्छ रु यो अत्यन्त महत्वपूर्ण सवाल हो । नेपाल यतिबेला पुनर्संरचनाको संघारमा छ । धेरैले यो पुनर्संरचनालाई भूगोल, क्षेत्र वा सीमासँग मात्र जोडेर हेरिरहेका छन् । तर अहिले त सामाजिक मूल्य–मान्यता, विचार, व्यक्तिलाई मापन गर्ने आधारसमेत पुनर्संरचना गर्नुपर्ने समय हो । तर यही समयमा राजनीतिमा विचार, मूल्य, नैतिकता, इमानदारी र सदाचारमा ह्रास आइरहेको छ । अनि पैसा र पैसावाललाई महत्व दिने र तिनीहरूको राजनीतिमा चामत्कारिक पुनरोदयले धेरै कुरा संकेत गर्छ । यसले नेपाली राजनीति पैसा र पैसावालको चंगुलबाट अझै लामो समय बाहिर निस्किन नसक्ने दलदलमा फसेको स्पष्ट संकेत गर्छ । आगामी दिनमा राजनीतिक दल कुनै दलाल व्यापारी फर्म वा कम्पनीजस्तो हुँदै जानेछन् भने त्यसका नेता दलाल पुँजीपतिजस्तै।  

भ्रष्टाचार गरेर पैसा संकलन गर्ने र त्यसका आधारमा राजनीति गर्ने अनि कार्यकर्ताले त्यस्तै व्यक्ति र प्रवृत्तिलाई अनुमोदन गर्ने अनि नेताले पनि त्यस्तैलाई शक्तिशाली समितिहरूमा मनोनित गर्दै जाँदा समाजमा इमान, नैतिकता हराउँदै जान्छ । किनभने, राजनीतिले समाजमा मूल्य–मान्यतालाई निर्धारण गर्ने सामथ्र्य राख्छ । खुमबहादुरको पुनरोदयले के सन्देश दिन्छ भने सत्ता र शक्तिको दुरुपयोग गरेर टन्न पैसा कमाउने र कार्यकर्तालाई पाल्न सक्ने हो भने जतिसुकै आर्थिक अपराध गरेर जेल बसेपछि राजनीतिबाट बाहिरिनु पर्दैन । राजनीतिका नयाँ पुस्ताले के सिक्लान् रु यो स्पष्ट छ पैसाको भरमा मात्र राजनीति सम्भव छ, आदर्शमा होइन । त्यसले आगामी दिनमा नेपाली समाज तथा राजनीतिक क्षेत्रमा वैध अवैध सम्पत्ति थुपार्ने, कार्यकर्तालाई बाँड्ने र त्यसकै आधारमा राजनीतिमा आफू बलियो हुने क्रम थप झाँगिन सक्छ । भ्रष्टाचार थप संस्थागत हुन्छ । दण्डहीनता झाँगिन्छ। 

नेपाली समाजमा भ्रष्टाचारको सरलीकरण बढ्दो छ । अब भ्रष्टाचार कुनै नैतिकहीन काम रहेन । भ्रष्टाचार प्रमाणित भएर पनि राजनीतिमा केही असर पर्दैन । नैतिकवान् नेता भीमबहादुर तामाङले बाह्रौँ महाधिवेशनमा नराम्रो पराजय भोग्नुप¥यो भने भ्रष्टाचार प्रमाणित भएर कारबाही भोगेका खुमबहादुर तेह्रौँ महाधिवेशनमा दोस्रो धेरै मतका साथ विजयी भए । यसले नेपाली राजनीतिमा नैतिकता र आदर्शलाई हराउँदै लैजान्छ भने पैसावाल भ्रष्टहरूको बोलवाला बढ्दै जान्छ । नेताले त पहिल्यै आफ्नो सक्कली अनुहार देखाइसकेकै हुन्, कार्यकर्तामा पनि विवेक गुमिसकेको छ । जो भ्रष्टाचारले समाज बिग्रियो भनेर दिनरात चिच्याउँछ, ऊ आफँै भ्रष्टलाई अनुमोदन गर्छ र अवसर पाए आफैँ भ्रष्टाचारमा संलग्न हुन्छ। 

प्रकाशित: ९ कार्तिक २०७४ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App