१४ कार्तिक २०८१ बुधबार
image/svg+xml

जिल्लाका विद्यालयहरुमा समुदाय प्रहरी साझेदारी कार्यक्रम

जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा पुगेर समुदाय प्रहरी साझेदारी सचेतना कार्यक्रम सञ्चालन गरि रहेको छ। प्रहरीसंग साझेदारी कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा रहेका विद्यालयहरुमा सञ्चालन भई रहेको हो। सोमबार जिल्ला प्रहरी कार्यालयको व्यवस्थापनमा म्याङलुङ ४ मा रहेको सारधा आधारभुत विद्यालयमा समुदाय प्रहरी साझेदार कार्यक्रम सम्पन्न भएको छ।

'टु प्लस वान' भन्दा लिपुलेक जस्तो हुन सक्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीच त्रिपक्षीय साझेदारी हुनुपर्ने बताएका छन्। नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले 'टु प्लस वान' भन्नु आफुलाई उपयुक्त नलागेको बताए। उनले भने 'यो शब्द प्रयोगले फेरी उही लिपुलेक होला भन्ने डर छ।'

पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट अनिर्णित

उपनिर्वाचन आचारसंहिताका कारण खोटाङमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट विनियोजनको काम प्रभावित भएको छ। योजना तथा बजेटको टुंगो लगाउन आइतबार जिल्ला समन्वय समितिको सभाहलमा बोलाइएको परामर्श समितिको बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको भन्दै आवाज उठेपछि विषयवस्तुमा प्रवेश नै नगरी बैठक टुंगिएको छ। लामो समयसम्म ‘बैठक बस्ने र नबस्ने’ भन्ने विषयमा छलफल भएपछि अन्तिममा अर्को पटकका लागि बैठक सारिएको सहभागीले बताएका छन्।

आइसिएफसी–प्रहरी परिसर सम्झौता

आइसिएफसी फाइनान्स र महानगरीय प्रहरी परिसर काठमाडौंबीच सम्झौता भएको छ। ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न उक्त सम्झौता भएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अन्तरदेशीय हवाई साझेदारी गर्न सम्मेलन उपयोगी

अन्तरदेशीय हवाई साझेदारी गर्न अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरूको ५६औँ सम्मेलन उपयोगी भएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

तेस्रो पूर्वाधार सम्मेलन भदौ २५ गतेबाट

नेपाल उद्योग परिसंघले आगामी भदौ २५ गतेबाट तेस्रो पूर्वाधार सम्मेलन गर्ने भएको छ। काठमाडौंमा हुने उक्त सम्मेलनमा सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय समेतको सहकार्यमा सम्मेलनको तयारी भइरहेको परिसंघले जानकारी गराएको छ।

छिमेकी मुलुकसँग सैन्य साझेदारी

चीनले आफ्ना विभिन्न १७ छिमेकी मुलुकसँग सूचना आदानप्रदानका लागि सुरक्षा र रक्षा परामर्श तथा बैठक संयन्त्र निर्माण गरिएको जनाएको छ।

प्रदेश २ : लगानी र रोजगारी बढाउन साझेदारी

प्रदेश २ मा लगानी भित्र्याउन र रोजगारीको सृजना गर्नका लागि प्रदेश सरकारले निजी क्षेत्र, वितीय संस्था र सेवाप्रदायक ‘एजेन्सी’हरुसंग साझेदारी गर्न लागेको छ। यसको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वीरगन्जमा आयोजनाको गरेको दुई दिने कार्यशालामा शनिवार सम्पन्न भएको छ।

थुनुवालाई टीभी

जिल्ला प्रहरी कार्यालयले थुनुवाहरुलाई टेलिभिजको व्यवस्था गरिदिएको छ। बराहताल र चौकुने गाउँपालिकाले उपलब्ध गराएका पाँच वटा टेलिभिजन हिरासत कक्षमा राखिएका छन्।

अमेरिका–नेपाल साझेदारीमा जोड

नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले अमेरिका र नेपालबीच निरन्तर साझेदारी हुनुपर्नेमा जोड दिएका छन्। अमेरिकी दूतावासले शुक्रबार काठमाडौँस्थित फोहरा दरबारमा आयोजना गरेको २४३ औँ राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

नेपाल र जापानबीच सोमबार श्रम साझेदारी हुने

सरकारले नेपाल र जापान सरकारबीच ‘मेमोरेन्डम अफ को–अपरेसन’मा हस्ताक्षर गर्नका निम्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयलका सचिव महेशप्रसाद दाहाललाई अख्तियार प्रदान गर्ने निर्णय गरेको छ।

नेपालसँग साझेदारी बढाउने इयुको चाहना

युरोपियन युनियनले नेपालसँगको साझेदारी बढाउने चाहना व्यक्त गरेको छ। सोमबार काठमाडौंमा युरोपियन डेलिगेसनको नयाँ कार्यालयको उद्घाटन गर्दै एसिया र प्रशान्त क्षेत्रका लागि युरोपियन एक्सटर्नल एक्सन सर्भिसका उपप्रबन्ध निर्देशक पाओला पम्पालोनी र नेपालका लागि इयुका राजदूत भेरोनिका कोडीले नेपालसँगको साझेदारीलाई थप विकास गर्न चाहेको जनाएका छन्।

प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड

वीरेन्द्रनगर नगरपालिका–३ ले प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड उपलब्ध गराएको छ। वडाको शान्ति सुरक्षालाई थप मजबूत बनाउन प्रहरीलाई मोटरसाइकल, मोवाइल र सिमकार्ड वितरण गरिएको अध्यक्ष भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए।

महानगरपालिकाले दियो १० नगरपालिकालाई एक–एक करोड

काठमाडौं महानगरपालिकाले नगर साझेदारी कार्यक्रमअन्तर्गत हरियाली प्रबर्धन, सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणका लागि काठमाडौ जिल्लाका १० वटा नगरपालिकालाई जनही एक करोड रूपैयाँ प्रदान गरेको छ।

अापराधिक घटना राेक्न प्रहरी र स्थानीय तहबीच सहकार्य

‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले स्थानीय तहसँग सहकार्य थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्