१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

अमेरिका–नेपाल साझेदारीमा जोड

काठमाडाैँ - नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले अमेरिका र नेपालबीच निरन्तर साझेदारी हुनुपर्नेमा जोड दिएका छन्। अमेरिकी दूतावासले शुक्रबार काठमाडौँस्थित फोहरा दरबारमा आयोजना गरेको २४३ औँ राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा उपराष्ट्रपति पुन र राजदूत बेरील अमेरिका र नेपालबीच बलियो, गहिरो, र निकट साझेदारी हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै राजदूत बेरीले अमेरिका–नेपालबीच ७२ वर्षको सम्बन्धलाई साझा लक्ष्य र गहिरो, सार्थक साझेदारीको परिणाम भएको बताएका छन्। उनले दुई मुलुकबीचको साझेदारी कुनै शर्त, ऋण वा कर्जामा आधारित नभएको बताएका छन्। आगामी पाँच वर्षमा अमेरिकाले नेपाललाई उपलब्ध गराउने अपेक्षा राखेको डेढ खर्ब रुपैयाँ बराबरको सहायता नगद वा दातृ सहयोग नभई नेपाललाई समृद्ध र सुखी बन्न मद्दत गर्न यस्तो सहायता गर्न लागिएको बताएका छन्।

अमेरिकी स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा राजदूत बेरी, अमेरिकी नियोग उप(प्रमुख, युएसएआईडी नेपाल निर्देशक, र दूतावासका सैनिक सहचारीले विभिन्न क्षेत्रमा कार्यरत नेपाली अतिथिहरूलाई स्वागत गरेका थिए। जुलाई ४ मा मनाईने अमेरिकाको स्वतन्त्रता दिवस त्यतिबेला मनसुनको समय पर्ने भएकाले केही महिना अगाडि नै मनाउने गरिएको छ।

प्रकाशित: १० चैत्र २०७५ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App