६ आश्विन २०८१ आइतबार
image/svg+xml

बेनेलीको तीन नयाँ मोटरसाइकल

कम्पनीको बिक्रेताहरु बुटवल, पोखरा, बिर्तामोड, चितवन, इटहरी, नेपालगन्ज, भक्तपुर, सुर्खेत, दाङ, हेटौंडा र जनकपुरमा रहेको कम्पनीले जनाएको छ। बेनेलीले १३५ देखि ६०० सिसीसम्मका मोटरसाइकल उत्पादन गर्छ।

प्रहरीले १४ करोडका कारकेड मोटरसाइकल किन्दै

राष्ट्रपतिलाई कारगेड गाडि किन्ने विषयको विवाद सेलाउन नपाउँदै सरकारले नेपाल प्रहरीलाई कारकेड मोटरसाइकल किन्न बजेट दिएको छ। नेपाल प्रहरीलाई ३० थान कार्गेट मोटरसाइकल किन्न अर्थ मन्त्रालयले भैपरी शिर्षकमा बजेट दिएको हो।

टिप्परकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

टिप्परको ठक्करबाट भक्तपुरमा एक जना मोटरसाइकल चालककोे मृत्यु भएको छ। बा५ख ७७४७ नम्बरको टिप्परले ठक्कर दिँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का विष्णुराज पन्तको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु, एक घाइते

फुङ्लिङमा मंगलवार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन्। दुर्घटनामा मोटरसाइकलमा सवार इलाम घर भइ सिँचाई कार्यालय ताप्लेजुङमा कार्यरत २३ बर्षीया सृजना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, डिएसपी सञ्जय सिंह थापाले जानकारी दिए।

पल्सर राइड मेनिया

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक तथा उच्च मोटरसाइकल बिक्र गर्ने कम्पनी एचएच बजाजले बाइक राइडिङ इभेन्ट ‘पल्सर राइड मेनिया’ प्रस्तुत गरेको छ।  बजाजले बिहीबार सो र्‍याली आयोजना गरेको थियो।

ठुलो परिमाणको बोइलर कुखुरा बरामद

ठुलो परिमाणको प्रतिबन्धित भारतीय बोइलर कुखुरा बाँकेमा बरामद गरिएको छ। अबैध नाकाबाट तस्करी गरेर भित्र्याएको करिब डेढ क्वीन्टल कुखुरालाई प्रहरी चौकी राधापुरले खजुरा गाउँपालिका वडा नम्बर १ बेलडाँडाबाट बुधबार बिहानपख बरामद गरेको हो।

मोटरसाइकल चोरी गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालयले जिल्लाको मन्थली बजारमा मोटरसाइकल चोरी गरी भाग्दै गरेका दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। आइतबार विहान सदरमुकाम मन्थली बजारको मदन भण्डारी चोकबाट रोकिराखेको मोटरसाइकल चोरी गरी भाग्ने क्रममा प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका २ बस्ने १८ बर्षीय आशिष घिमिरे र १९ बर्षीय सुन्दर राणालाई नियन्त्रणमा लिएको थियो।

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

अछाममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएकी एक बालिकाको उपचारको क्रममा ज्यान गएको छ। कमलबजार नगरपालिका वडा नम्बर १ की साढे २ बर्षीया तुलसी माझीको उपचारको क्रममा मृत्यु भएको हो

'मोटरसाइकलमा यात्रु बोक्न नरोक'

सर्वसाधारणबीच लोकप्रिय बनेका मोबाइल एप्स टुटल र पठाओले दिइरहेको सेवालाई ट्राफिक प्रहरीले बन्द गराएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले यथावत चल्न दिन निर्देशन दिएका छन्। बुधबार राष्ट्रिय योजना आयोगमा भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ४४औं बैठकमा प्रधानमन्त्री ओलीले मोटरसाइकलमा यात्रु बोक्ने काम हाललाई नरोक्न निर्देशन दिएका हुन्।

उवासंघ अध्यक्षको दुर्घटनामा मृत्यु

उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष कुशहरि मैनालीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

चितवनमा मोटरसाइकल दुर्घटना, पैदाल यात्रीसहित दुईको मृत्यु

चितवनमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ। भरतपुर महानगरपालिका–१० रिजालचोकमा उक्त मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्री र मोटरसाइकल चालककाे ज्यान गएकाे हाे।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनकाे भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

नेपालमै पहिलोपटक मोटरसाइकल च्याम्पियनशीप (फोटो फिचर)

नेपालमा पहिलो पटक मोटरसाइकल च्याम्पियनशीप ‘होण्डा नेपाल ड्रिम कप’को आयोजना गरिएको छ। होण्डाको आधिकारिक विक्रेता स्याकार कम्पनीले ग्वार्काेको स्याकार सेफ्टी राइडिङ तालिम केन्द्रमा आयोजना गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्