अछाम- अछाममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएकी एक बालिकाको उपचारको क्रममा ज्यान गएको छ। कमलबजार नगरपालिका वडा नम्बर १ की साढे २ बर्षीया तुलसी माझीको उपचारको क्रममा मृत्यु भएको हो। उनलाई से ४ प ९१३८ नम्बरको मोटरसाइलले ठक्कर दिएको थियो। मोटरसाइलको ठक्करबाट घाइते भएकी माझीको उपचारका क्रममा जिल्लाको बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
कमलबजार २ का खडक बिष्टले चलाएको मोटरसाइलको ठक्करबाट घाइते भएकी माझीलाई उपचारका लागि शुक्रबार न्याय हेल्थ वयलपाटामा भर्ना गरिएको थियो। प्रहरीले मोटरसाइकल चालक बिष्टलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित: ५ माघ २०७५ १२:३६ शनिबार