४ मंसिर २०८१ मंगलबार
image/svg+xml

कृषिमा साढे ३० अर्बको बजेट सिलिङ

सरकारले किसानलाई दिने अनुदान अब बैंक खातामा नै राखिदिने भएको छ । तरकारी तथा खाद्य बालीका बीउ, उपकरण, औजार, पोली हाउस, मौरीका घारलगायत विभिन्न कृषि सामग्री खरिद गरेर अनुदानमा दिँदै आएकोमा अब सो बापतको अनुदान रकम किसानको बैंक खातामा जम्मा गर्ने भएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु

खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको छ । कृषि पेशाको व्यवसायीकरण गर्दै जिल्लाको आर्थिक उन्नतीका लागि कृषि आधुनिकीकरण परियोजना सुरु गरिएको हो ।

कृषिको मौलिकता जोगाउन सहकारीको भूमिका : मन्त्री चौधरी

कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपाली कृषिको मौलिकता जोगाउन सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

कृषिमा पाँच सय अर्ब खर्चने तयारी

सरकारले कृषि क्षेत्रलाई व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउन अबको १० वर्षमा करिब पाँच सय अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । सरकार र दातृ निकायको तर्फबाट चार सय ४५ अर्ब र निजी तथा सामुदायबाट ५७ अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको कृषि विकास मन्त्रालयले जनाएको छ।

कृषिको व्यवसायीकरणबाट मात्र बेरोजगारी अन्त्यः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिने बताएका छन् ।

कृषिमन्त्री चौधरीलाई सर्वोच्चको झड्का

आफ्नो अनुचित दबाबमा काम नगरेपछि कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक युवराज पाण्डेलाई निलम्बन गर्ने कृषिमन्त्री गौरीशंकर चौधरीको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ।

कृषिमन्त्री चौधरीको मनपरी

कृषिमन्त्री गौरीशंकर चौधरीले मनपरी ढंगले कर्मचारी सरुवा तथा निलम्बन गरेका छन्। आफूअनुकूल काम नगरेको भन्दै छ महिनामै तीन सचिव सरुवा गरेका चौधरीले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशकलाई निलम्बन गरेका हुन्।

कृषि विश्वविद्यालयमा बेथिति : सतर्कता केन्द्रमा उजुरी

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बेथिति भएको दाबीसहित छानबिनका लागि राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ। नेतृत्वको गैरजिम्मेवारीका कारण विश्वविद्यालयमा बेथिति बढेको उजुरी हटलाइनमार्फत दर्ता भएको जानकारी केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले दिए।

सिँचाइका पूर्वाधार बढाए कृषिमा फड्को

नेपाल जलश्रोतमा धनी छ । तर, यहाँ सिँचाइको व्यवस्था नहुँदा किसानले खेती गर्न पाएका छैनन्। खेतीयोग्य जमिनमा पानी पुर्‍याउन कुलो, नहरलगायतका पूर्वाधार निर्माण नहुँदा जमिन बाँझै छ।

कृषि–कर्मका कठिनाइ

अझै पनि आजीविकाका माध्यममा कृषिलाई सबैभन्दा उत्कृष्ट मान्ने चलन हामीकहाँ छ । ‘उत्तम कृषि, मध्यम व्यापार, निर्घिणी जागिर’ प्रायः सबैका ओठमा झुण्डिएको छ । तर, विस्तारै कृषि कर्म परित्यक्त बन्दै गएको छ।

कृषिमा लगानी 'बालुवामा पानी'

सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे पनि लगानीको आधारमा प्रतिफल निकै कमजोर देखिएको छ। पछिल्लो एक दशकमा कृषिमा लगानी नौ गुनाले बढेको छ तर  उत्पादन वृद्धिदर भने जस्ताको तस्तै छ।

क्षेत्रीय कार्यालयमा कृषि वैज्ञानिक अभाव

मध्यपश्चिमका जिल्ला कृषि कार्यालय र कृषकका लागि तालिमदेखि कृषि बालीको अनुसन्धान, प्रयोगशाला, परीक्षण गर्ने जिम्मा पाएका खजुरास्थित क्षेत्रीय कार्यालयहरुमा कृषि वैज्ञानिकर प्राविधिक कर्मचारीको अभाव चुलिएको छ । खजुरामा रहेका सातवटा क्षेत्रीय कृषि अनुसन्धान, प्रयोगशाला, परीक्षण र तालिम केन्द्रमा वर्षौंदेखि दरबन्दी अनुसार कृषि वैज्ञानिक र प्राविधिक कर्मचारी छैनन् ।

बाजेदेखि नातिसम्म व्यावसायिक कृषि

बाँझेच्यानडाँडा-९ मबुका संग्राम राई जिल्लामा युवा किसानका रूपमा परिचित छन्। धारेढुंगा, पानीकुवा, मिनसेरुवा, मझौले, ढिलाबु लगायत ६० रोपनी जग्गामा उनले अलैंची लगाएका छन्।

प्रधानमन्त्री कृषि कार्यक्रममा अलैंची र अदुवा

कृषिलाई आधुनिकरण तथा आत्मानिर्भर बनाउने भन्दै अघि सारिएको ‘प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना’मा जिल्लामा अलैंची र अदुवा खेतीलाई अघि बढाउने भइएको छ।

कृषि कार्यालयको गाडी दुर्घटना, कार्यालय प्रमुखसहित १० घाइते

काभ्रेको डाँडापारि गोकुलेमा बिहीबार गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजना गम्भीर छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्