२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

गेटा मेडिकल विश्वविद्यालय स्थापनाको माग गर्दै सुदूरपश्चिमबासी आन्दोलित

कैलालीको गेटामा मेडिकल विश्वविद्यालय स्थापना गरिनुपर्ने माग राख्दै सुदुरपश्चिममा आन्दोलन चर्किदै गएको छ।

तीन टोलीलाई बिएमसिए कप

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।

आधा समय विद्यालय संचालन गर्दै रौतहटका पालिकाहरु

रौतहटका अधिकांश पालिकाहरुले विद्यालय संचालनको समय परिवर्तन गरेको छ। गत हप्ता शिक्षा विकास तथा समन्वय इकाईको परिपत्र अनुसार जिल्लाका पालिकाहरुले विद्यालयमा गर्मी विदा दिएको भए पनि गर्मी लगातार बढेपछि वैकल्पिक उपाय अपनाएको देखिएको छ।

फुटबलकी भण्डारीलाई मदरल्याण्ड माविको सम्मान

नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) लाई यहाँस्थित मदरल्याण्ड माध्यमिक विद्यालयले सम्मान गरेको छ। खेल क्षेत्रमा विशेष योगदान दिएको भन्दै भण्डारीलाई विद्यालयले सम्मान गरेको हो।

विद्यालयलाई वन तथा वातावरण संरक्षण सम्बन्धी पाठ्यसामग्री हस्तान्तरण

विद्यालय तहबाटै वन तथा वातावरण सम्बन्धी सचेतना बिस्तारको मुख्य उद्देश्य सहित डिभिजन वन कार्यालय ताप्लेजुङले यहाँका ४ वटा विद्यालयलाई पाठ्य सामाग्रीकासाथ एक–एक थान दराज उपलब्ध गराएको छ।

दाङमा गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द भए

दाङमा गर्मी बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन्। जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द गरेका हुन्।

बिएमसिए र पृथ्वी सेमिफाइनलमा

आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र पृथ्वी बिहीबार प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

छात्रावृत्ति विवरण बुझाउँदै निजी विद्यालय

काठमाडौं महानगरपालिकाका शिक्षा विभागले छात्रावृत्ति नदिने र विवरण नबुझाउने ३ सय ४२ निजी विद्यालयको नाम र ठेगानासहितको सूची मंगलबार सार्वजनिक गरी हदैसम्मको कारबाही गर्ने चेतावनी दिएसँगै बुधबारदेखि निजी विद्यालयहरूको छात्रावृत्ति विवरण बुझाउन थालेका छन्।

निजी विद्यालयलाई बालेनको ताकेता

संस्थागत विद्यालयहरूमा अध्ययनरत गरिब, जेहेनदार तथा लक्षित वर्गका विद्यार्थीले नियमअनुसार पाउनुपर्ने छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले कडा कदम चालेको छ।

छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने विद्यालयको सूची निकाल्दै महानगरले दियो अनुमति रद्द गर्ने चेतावनी

काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन आनाकानी गर्ने ३४२ विद्यालयको सूची सार्वजनिक गरेको छ।

गर्मी बढेपछि देवघाटका विद्यालय पाँचदिन बन्द

अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन्। देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो।

अत्याधिक गर्मीका कारण विद्यालय बिदा

केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण पूर्वका सुनसरी, मोरङ र झापाका सामुदायिक र संस्थागत विद्यालय धमाधम विदा दिन थालिएको छ।

नाम बदल्दै संस्थागत विद्यालय

विद्यालय शिक्षा व्यवस्थापन निर्देशिका कार्यान्वयन नहुँदा स्कुलले आफूखुसी नाम राखेका थिए। काठमाडौं महानगरपालिकाले विद्यालयहरूको नाम निर्देशिकासम्मत बनाउन गत वैशाख १५ गते निर्देशन जारी गरेपछि विद्यालयहरू निर्देशिकाअनुकूल नाम कायम गर्न लागेका छन्।

तराईमा तातो हावाको खतरा

विगत केही दिनयता देशका विभिन्न स्थानमा बढ्दै गरेको गर्मी आगामी केही दिनसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्