४ मंसिर २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्रीको आग्रहमा सभामुखले दुई घन्टा पछि सारे संसद् बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक दुई घन्टा पछि सारेका छन्। आज दिउँसो १ बजेको लागि तय भएको बैठक अब ३ बजे बस्ने छ।

देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु होः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन्।

प्रधानमन्त्रीको आग्रहपछि संन्यास फिर्ता

प्रधानमन्त्री शेख हसिनाको आग्रहपछि बंगलादेशका कप्तान तमिम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट गरेको संन्यासको निर्णय फिर्ता लिएका छन्।

‘ओली चाहना सत्तारोहण कि संसद् विघटन?'

प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो। सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लियो। एमाले सहमतिमा नआएपछि प्रतिनिधिसभाको बैठक बस्न सकेन।

बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिन नहुँने सरकारको ठहर

पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ।

प्रधानमन्त्रीको सचिवालयले भन्यो: भावनात्मक अभिव्यक्तिलाई बंगाएर राजनीतिकरण गरियो

प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले दाहालले दिएको अभिव्यक्तिलाई बंगाएर राजनीतिकरण गर्न खोजिएको बताएको छ।

प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको बताएका छन।

कित्ताकाट खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लगिँदै

भूमि व्यवस्था मन्त्रालयले कित्ताकाट खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा तत्कालै लग्ने तयारी गरेको छ।

प्रधानमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीद्वारा सदन अवरुद्ध

प्रधानमन्त्री पुष्पकमल दाहालको एक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेसहितका दलले बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन्।

श्रीलङ्काकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट

श्रीलङ्का भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन।

हामीले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ: रास्वपा सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ।

प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनु भयो: काँग्रेस सांसद राणा

सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको टिप्पणी गरेका छन्।

एमालेले संसदबाटै माग्यो प्रधानमन्त्रीको राजीनामा

बुधबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको स्वाभिमान माथि आघात पुर्‍याएको भन्दै राजीनामाको माग गरेको हो।

प्रीतम सिंहबारे प्रधानमन्त्रीको स्पष्टिकरण: अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजियो

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचनमा सरदार प्रीतम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्