९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

हामीले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ: रास्वपा सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ।

आज प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले आफूहरूले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग लागेर प्रधानमन्त्री दाहालको राजीनामा नमागेको बताएका हुन। उनले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियालाई अवहेलना गर्ने गरी आएको भन्दै यसप्रति रास्वपाको प्रश्नहरु रहेको र सोही प्रश्नका लागि संसद बैठकमा उठेको प्रश्नबारे स्पष्ट पारे। उनले आफूहरूलाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आशंका रहेको भन्दै सोही विषयमा स्पष्ट हुन चाहेको उल्लेख गरे। 

उनले मिडियाले रास्वपालाई एमालेले गर्ने गतिविधिसँग जोडेर हेर्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरे। रास्वपा सांसद मनिष झाले आफूहरूको फरक पहिचान र सिद्धान्त रहेको उल्लेख गर्दै फरक दलको परिचयसाथ आफूहरू संसदमा रहेको स्पष्ट पारे।

प्रकाशित: २० असार २०८० १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App