२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभामा आज पनि एमालेको अवरोध, प्रधानमन्त्रीको राजिनामा माग

राष्ट्रिय सभाको बैठकमा आज पनि नेकपा एमालेले अवरोध गरेको छ। निर्धारित भन्दा केही समय ढिलो गरी सुरु भएको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सुरु भएको जनाउ दिने बित्तिकै एमाले सांसद्हरु उठेर विरोध गरे।  

अध्यक्ष तिमिल्सेनाले सांसद्  भगवती न्यौपानेलाई बोल्न समय दिएका थिए। सांसद् न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहालले अब संसद्मा जवाफ दिन आवश्यक नभएको भन्दै राजिनामा दिन माग गरिन्।  

उनले  प्रधानमन्त्री संसद्मा आएर जवाफ दिन लायक नभएको भन्दै एकमात्र विकल्प राजिनामा भएकोले प्रधानमन्त्रीको राजिनामा नआएसम्म विरोध जारी रहने बताइन्।  

अध्यक्ष तिमिल्सेनाले सांसद्लाई बस्न आग्रह गरेपनि उठेरै विरोध जनाइरहेका छन।  

प्रकाशित: २४ असार २०८० ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App