२७ आश्विन २०८१ आइतबार
image/svg+xml

एमाले–जसपा वार्ताः मिलेर अघि बढ्न प्रधानमन्त्रीको प्रस्ताव

नेकपा एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सत्तामा सहकार्यका लागि प्रस्ताव गरेका छन्। एमाले र माओवादी केन्द्रबीचको एकीकरण बदर भएपछि सरकार अल्पमतमा पर्ने सम्भावना देखेका प्रधानमन्त्री ओलीले बिहीबार जसपाका नेताहरूलाई सरकारी निवास बालुवाटारमा भेटेर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका हुन्।

तानातानमा जसपा

नेकपा एमाले र माओवादी केन्द्र दुवैतिरबाट सत्ता साझेदारीको प्रस्ताव आएपछि जनता समाजवादी पार्टी स्पष्ट रूपमा दुई कित्तामा देखिएको छ। जसपालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले र पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी केन्द्रले अलगअलग रूपमा सत्ता साझेदारी गर्न प्रस्ताव गरेका छन्। ओली आफू नेतृत्वको सरकार टिकाइरहन चाहन्छन् भने दाहाल अन्य दलको सहयोगमा ओलीलाई हटाएर नयाँ सरकार बनाउने लाइनमा छन्।

पार्टीमा छलफलै नगरी महन्थ ठाकुरले बनाए सत्ता साझेदारीका लागि वार्ता टोली

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीमा छलफल नै नगरी नयाँ सरकार गठन लगयायतका विषयमा छलफल गर्न कार्यदल बनाएका छन्। सरकारको नेतृत्व गरिरहेको एमालेसँग छलफल गर्न जसपाका अध्यक्ष ठाकुरले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला गरी दुई सदस्यीय वार्ता टोली बनाएका हुन्।

जसपाले बोलायो संसदीय दलको बैठक

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार दिउँसो एक बजेको लागि दलको बैठक बोलाइएको जसपा सांसद एकवाल मियाँले जानकारी दिए। उनकाअनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था र आगामी दिनमा संसदमा खेल्ने भूमिकाबारे छलफल हुनेछ।

‘प्रधानमन्त्रीलाई हटाउन कदम चाल्नुपर्छ’

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन आवश्यक कदम चाल्नुपर्ने बताएका छन्। बिहीबार खोटाङको जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता राईले संसद् पुनस्र्थापना भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा दिनुपर्ने राजीनामा नदिएकाले प्रधानमन्त्रीबाट हटाउन कदम चाल्नु पर्ने बताएका हुन्।

सरकारमा जाने लाइनमा जसपा

जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने लाइन बनाएको छ । पार्टीका अधिकांश शीर्ष नेता सरकारमा जाने लाइनमा छन् । पार्टीले यसबारे औपचारिक निर्णय भने गरिसकेको छैन ।

जसपाभित्र समायोजनको लफडा

जनता समाजवादी पार्टीमा समायोजनमा ठूलो लफडा उत्पन्न भएको छ। प्रदेश तथा जिल्ला समिति समायोजन गर्न पार्टीले पटक पटक मिति तोके पनि तोकिएको मितिभित्र समायोजन हुन सकेको छैन। मधेसका सबै जिल्लामा समायोजनमा लफडा उत्पन्न भएको छ।

संयुक्त आन्दोलनको विपक्षमा जसपा

जनता समाजवादी पार्टी संयुक्त आन्दोलनमा नजाने भएको छ। एक्लै आन्दोलन गर्ने जसपाका नेताहरूले बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (दाहाल–नेपाल) पक्षले फागुनको पहिलो हप्ताबाट संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। संयुक्त आन्दोलनमा जसपा सहभागी नहुने पार्टीका नेताहरूले जनाएका छन्।

प्रतिनिधिसभा विघटनले मुलुक अन्धकारतर्फ जाने खतरा : उपेन्द्र यादव

पत्रकारले सोधेको जिज्ञासामा पूर्वउपप्रधानमन्त्री यादवले आगामी बैशाखमा चुनाव नगराउनका लागि प्रधानमन्त्री ओलीले मिति तोकेको ठोकुवा गरे। उनले भने, ‘तपाईहरु ढुक्क हुनुहोस्, बैशाखामा चुनाव गराउनका लागि मिति तोकिएको होइन, नत्र झण्डै दुई तिहाईको नजिक बहुमत पाएको संसद किन भंग गर्नुपथ्र्यो होला र?’ मुलुक कोरोना महामारीबाट आक्रान्त भइरहेको र अर्थतन्त्र तहस नहस भइरहेको अवस्थामा चुनाव हुने हो भने लगभग २० अर्ब रुपैयाँ खर्च हुने उनको अनुमान छ।

‘सर्वोच्चको फैसला मान्य हुन्छ’

प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा रहेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद् विघटनको निर्णय खारेज गर्दै पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतमा रहेको विचारधीन मुद्दामा सर्वोच्चले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताएका छन्।

जसपाभित्र तिक्तता बढ्दै उपेन्द्रलाई कार्यक्रम गर्न नदिने चेतावनी

मर्यादाको विषयमा विवाद बढ्दै गएपछि जनता समाजवादी पार्टीमा शीर्ष नेताबीचको तिक्तता झन बढेको छ। राजकिशोर यादवनिकट कार्यकर्ताहरू आफ्नो बाहुल्य भएको ठाउँमा यादवलाई कार्यक्रम नै गर्न नदिने चेतावनी दिएका छन्। राजकिशोरनिकट नेता तथा पार्टीका केन्द्रीय सदस्य राहुल यादवले भने, ‘मेरो गृह जिल्ला उदयपुरमा उपेन्द्र यादवलाई कार्यक्रम गर्न दिन्नौ। हिम्मत छ भने कार्यक्रम गरेर देखाउनुहोस्।’

राजकिशोरले कार्यक्रम नै बहिस्कार गरे

जनता समाजवादी पार्टीमा मर्यादाको विषयमा विवाद चर्किएको छ। विवाद बढ्दै गएपछि जसपाका नेता राजकिशोर यादवले पार्टीले खटाएको कार्यक्रम नै बहिस्कार गरेका छन्। पार्टीले उनलाई शनिबार सिराहको कार्यक्रममा खटाएको थियो तर उनी सिराहा नगई काठमाडौंमै बसेका छन्।

एउटै मञ्चबाट नेता र पूर्वन्यायाधीशको तर्क – अदालतले सही निर्णय गर्छ, संसद पुनःस्थापना हुन्छ

सरकारले संसद विघटन गरिसकेपछि देशमा ‘राजनीतिक संकट’ निम्तिएको निश्कर्षसहित आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्ने प्राय सबै वक्ताले केपी शर्मा ओलीले ‘असंवैधानिक र अलोकतान्त्रिक’ कदम चालेको भन्दै चर्को आलोचना गरेका थिए। उनीहरुले सबैको एउटै निश्कर्ष थियो–अदालतले सही निर्णय गर्छ र संसद पुनःस्थापना हुन्छ, हुनुपर्छ।

‘खड्गप्रसादको असंवैधानिक खड्ग प्रहारले सार्वभौम संसद् मर्न सक्दैन/मरेको छैन’

बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा सभामुख सापकोटाको कार्यकक्षामा पुगेर जसपा नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र लक्षमणलाल कर्णले बैठक बोलाउन माग गरेका हुन्।

संसद विघटनको विरोधमा जसपाद्वारा कलैयामा प्रदर्शन

संसद विघटन असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी जिल्ला कार्य समिति बाराले बुधबार कलैयामा विरोध प्रदर्शन गरेको छ। सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयबाट सुरु भएको जुलुस नगर परिक्रमापछि भरतचोकमा कोणसभामा परिणत भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्