१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पार्टीमा छलफलै नगरी महन्थ ठाकुरले बनाए सत्ता साझेदारीका लागि वार्ता टोली

फाइल तस्बिरः नागरिक

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीमा छलफल नै नगरी नयाँ सरकार गठन लगयायतका विषयमा छलफल गर्न कार्यदल बनाएका छन्। सरकारको नेतृत्व गरिरहेको एमालेसँग छलफल गर्न जसपाका अध्यक्ष ठाकुरले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला गरी दुई सदस्यीय वार्ता टोली बनाएका हुन्।

गत आइतबार ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेट भएको थियो। सोही भेटमा ओलीसँग भएको सहमतिअनुसार नेता ठाकुरले कार्यदल बनाएको स्रोतले जनाएको छ।  

तर, सो निर्णय उनले पार्टीका नेताहरुसँग छलफलै नगरी लिएको जसपाका एक शीर्ष नेताले बताए। आजको संसदीय दलको बैठकमा सांसद्हरुले यस विषयमा प्रश्न उठाएका छन्। अहिले जसपाको संसदीय दलको बैठक जारी छ।

प्रकाशित: २५ फाल्गुन २०७७ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App