५ आश्विन २०८१ शनिबार
image/svg+xml

स्पन्ज आइरनको महसुल विवाद: अध्ययन गर्न कार्यदल गठन गर्दै अर्थ मन्त्रालय

स्टिल उद्योगको कच्चा पदार्थ स्पन्ज आइरन र तयारी बिलेटको भन्सार महसुल र अन्तःशुल्क दर हेरफेरका कारण उत्पन्न बहसबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न अर्थ मन्त्रालयले राजस्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गर्ने भएको छ।

रोजगार बोर्डको प्रस्ताव मन्त्रालयले पत्याएन, कामदारको पुनः एकीकरणमा ढिलाइ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले पुनः एकीकरणका लागि थुप्रै विकास साझेदार र अन्य निकायले काम गर्न चासो देखाएकाले बृहत् कार्ययोजना तयार पर्दा केही समय लागेको बताए।

रिभर गाइडलाई १० दिने रोजगारी

कोभिड–१९ महामारीका कारण सो व्यवसायमा आवद्ध मजदुर समस्यामा परेका जनाउँदै नेपाल टुरिजम बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र नेपाल एशोसियशन अफ राफ्टिङ एजेन्सी (नारा) को संयुक्त पहलमा रिभर गाइडलाई नदी सरसफाइ तथा पहुँच मार्ग मर्मत सम्भारका कामसहित रोजगार प्रदान गरिएको हो।

स्वरोजगार बनाउन सवा अर्ब लगानी

मुलुकमा बेरोजगारी दर बढिरहेका बेला सरकारले करिव सवा अर्ब रुपैयाँ लगानी गरेर रोजगार सृजना गर्ने भएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत एक अर्ब २० करोड रुपैयाँ लगानी गरेर करिव १२ हजार युवालाई स्वरोजगार बनाउने तयारी गरेको छ।

मधेसमा रोजगारीको व्यवस्था आवश्यक : अध्यक्ष ठाकुर

सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा अधिकाँश युवा वेरोजगार रहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। उनले मधेस आन्दोलका बेला लगाइएको मुद्दा खारेज हुनुपर्ने माग गर्दै नागरिकता सम्बन्धी विधेयक पारित हुनुपर्ने आवश्यकता औँल्याए।

सीमामा ठगिँदै नेपाली

विचौलियाहरु रेल स्टेशनसम्मै पुग्ने गरेका छन्। रेल स्टेशनबाटै दसैंतिहार मनाउन गएकालाई विभिन्न प्रलोभन देखाएर आफ्नो होटेलमा होटल व्यवसायीले ल्याउने गरेको गुनासो सर्वसाधारणको छ।

चालु वर्षको पहिलो महिनामा १८ प्रतिशतले घट्यो रेमिटेन्स

नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशमा रहेका नेपालीबाट ७५ अर्ब ९६ करोड रूपैयाँ रेमिटेन्स प्राप्त भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशतले कमी हो।

विदेशबाट फर्कनेलाई पुनर्एकीकणमा जोड देऊ’

कोरोना महामारीलगायत अन्य समस्यामा परी वैदेशिक रोजगारीबाट फर्किएकालाई लक्ष्य गरी पुनर्एकीकरणका कार्यक्रम ल्याउन माग गरिएको छ।

अफगान रोजगारीः दलाल मोटाउने,कामदार शोषणमा

दलालले रोजगारीका लागि अफगानिस्तान जानेसँग प्रतिव्यक्ति १२/१३ लाख रूपैयाँ असुले पनि सुरक्षा गार्ड मगाउने कम्पनीले भने उल्टै दलाललाई प्रतिव्यक्ति पाँच सय अमेरिकी डलर दिने गरेको तथ्य खुलेको पीडितले बताए।

वैदेशिक रोजगारीः एकैदिन ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

मलेशियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ। वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव (शनिबार) नेपाल ल्याइएको हो।

बायोमेट्रिक लागु भएपछि मात्र कोरिया रोजगारी सुरु हुने

बायोमेट्रिक प्रणालीमा जो कोरियन भाषा परीक्षामा सहभागी हुने हो, सोही व्यक्तिको औंठा छाप हुने र जसले गर्दा रोजगारदातालाई झुक्याउन नपाइने भएकाले विश्वासिलो मानिन्छ। सचिव गौतमले बायोमेट्रिक प्रणालीमा परीक्षा फारम भर्दा लिइने औंठा छापलाई नै अन्तिम समयसम्म रोजगारदाताले प्रयोग गर्न पाउने बताए।

आफन्त भारतमा बेपत्ता हुँदा तनावमा परिवार

रोजगारीका क्रममा भारत जाने र आउने गरेका उनी पछिल्लोपटक त्यता गएपछि परिवारको सम्पर्कमा छैनन्। ‘पहिला पनि पटकपटक भारत गएकाले त्यहाँ हराउनैपर्ने त होइन,’ उनले भनिन्, ‘तर केकति कारणले सम्पर्कविहीन हुनुभयो थाहै भएन।’

प्रत्येक पालिकामा पाँच सय बेरोजगारलाई सहुलियत कर्जा

स्वदेशमा रोजगारी नपाएको भन्दै ठुलो संख्यामा युवायुवती वैदेशिक रोजगारीमा गइरहेको बेला सरकारले त्यस्ता युवालाई लक्षित गरी चालु आवका लागि कार्यक्रम घोषणा गरेको छ।

मेरिल्याण्ड कलेजले फेर्‍यो नाम, पढाइसँगै रोजगारी दिने

विराटनगर-६ भृकुटीमार्ग स्थित मेरिल्याण्ड कलेजले नाम परिवर्तन गरेको छ। इनोभेटिभ नेपाल ग्रुपले मेरिल्याण्डको पूर्ण स्वामित्व र व्यवस्थापन लिएसँगै नाम फेरेर ‘विराटनगर इनटरनेशनल कलेज’ बनाएको छ।

आपत्तिजनक अलमल

छानबिनमा भएको रहस्यपूर्ण ढिलाइ र पीडित परिवारको मुख बुजो लगाउन दिइएको क्षतिपूर्तिबारे आम नागरिकले नबुझ्ने कुरा भएन।सरकार यति लाचार पनि हुनुहुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्