१० मंसिर २०८१ सोमबार
image/svg+xml

दुर्घटनामा परी किर्गिस्तानका उपप्रधानमन्त्रीको निधन

किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ।  एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ।

माओवादी मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीको कसरत

वामपन्थी गठबन्धनमा रहेका दलहरूबाहेकबाट आफ्नो पक्षमा बहुमत जुटाएपछि मात्र प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरू हटाउनेछन् । र, अहिले प्रधानमन्त्री देउवा आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा लागेका छन् ।

प्रधानमन्त्रीको सकारात्मक हस्तक्षेप

आफ्नो काम जिम्मेवारीपूर्वक नगर्ने अन्य संस्थाका पदाधिकारीमाथि पनि कारबाही गर्न प्रधानमन्त्री देउवाको ध्यान पुग्नुपर्छ । भ्रष्टाचारविरुद्ध सक्रिय सञ्चारमाध्यम र पत्रकारलाई नै कारबाही गर्न खोज्नेमाथि पनि प्रधानमन्त्रीको ध्यान पुग्न सक्यो भने लोकतन्त्रमाथि अहिले मडारिएका बादल फाट्नेछन् ।

प्रधानमन्त्रीको भारत भ्रमण सकारात्मक:  राज्यमन्त्री विष्ट

सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकारात्मक भएको दावी गरेका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा धक्काः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप लगाएका छन्।

प्रधानमन्त्रीको भारत भ्रमण सफल : कार्यबाहक सभापति निधि

नेपाली कांग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधिले प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको राजकीय भ्रमण राजनीतिक, आर्थिक र कूटनीतिक रुपमा सफल भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री देउवाको भारत भ्रमण सबै दृष्टिकोणले सफल भएको उनले दाबी गरे।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमालेको आपत्ती

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा संविधान संशोधनको बिषयमा दिएको अभिव्यक्तिको नेकपा एमालेले विरोध गरेको छ।

संविधानबारे प्रधानमन्त्रीको अभिव्यक्ति 'लज्जास्पद'

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानका विषयमा नयाँदिल्लीमा दिएको अभिव्यक्ति उपयुक्त नभएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीको भारत भ्रमण : पुनर्निर्माण सम्बन्धी चारवटा सम्झौता हुने

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममाभारत सरकारसँग भूकम्पपछिको पुनर्निर्माणका लागिचारवटा सम्झौताहुने भएको छ।

प्रधानमन्त्रीको भ्रमणमा जलस्रोत

पूर्ण रूपमा भारतीय फाइदाका लागि बर्खाको समयमा नेपालको भूमि डुबानमा पर्ने र हिउँदको समयमा सबै पानी सिँचाइका लागि भारत लैजाने गरी हाम्रा नदीहरू भारतलाई सुम्पिन सकिँदैन भन्ने तथ्य प्रस्ट रूपमा भारतलाई बुझाउन जरुरी छ ।

प्रधानमन्त्रीको भ्रमणदल ५९ सदस्यीय

प्रधानमन्त्री शेरबहादुर देउवा ५९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान भारतको ५ दिने राजकीय भ्रमणमा निस्कने भएका छन् । उनीसँग भारत जाने टोलीमा चार मन्त्री, १२ विभिन्न राजनीतिक दलका सांसद र ९ सचिव छन् । निजी खर्चमा देउवासँगै भारत जानेलाई भने भ्रमणदलमा समावेश गरिएको छैन।

प्रधानमन्त्रीको भारत भ्रमणबारे ओलीको आपत्ती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी नगराएको भन्दै आपत्ती जनाएक छन्।

प्रधानमन्त्रीको आश्वासन : 'धैर्य गर्नुस्, पूरा सहयोग हुन्छ'

बाढीग्रस्त क्षेत्र अनुगमनमा निस्केका प्रधानमन्त्री शेरबहादुर देउवाले पीडित परिवारलाई सबै प्रकारको सहयोग गर्न सरकार तयार रहेको बताएका छन्। विपत्तिले सर्वसाधरण घरविहीन भएको उल्लेख गर्दै शिविरमा बसेका परिवारलाई सहज तरिकाले जीवनयापन प्रबन्ध मिलाउन सरकार जुटेको उनले स्पष्ट पारे।

प्रधानमन्त्रीको हवाई दौडाहा, पूर्वमा ४० को मृत्यु

बाढीले बगाएर बेपत्ता परेकाको शव फेला पर्न थालेका छन्। मोरङ, सुनसरी, झापा, सप्तरी, इलाम र पाँचथरमा बाढीपहिरोले ४० जनाको ज्यान गएको छ। बाढीपहिरोले मोरङमा १८, झापामा १०, सुनसरीमा ११, पाँचथरमा २ र इलाममा १ जनाको मृत्यु भइसकेको पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

बाढी-पहिरो पीडितको उद्धारमा खट्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनहरूलाई निर्देशन दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्