१० मंसिर २०८१ सोमबार
image/svg+xml

डा.केसीका माग फास्ट ट्र्याकबाट सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

चिकित्सा शिक्षा सुधारको माग राखी १९ दिनदेखि आमरण अनसरत डा.गोविन्द केसीका माग पूरा गरी आजै अनसन तोडाउन प्रधानमन्त्री शेबरहादुर देउवाले सरोकारवाला निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन्। उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ एवं स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसहितलाई बालुवाटार बोलाएर उनले फास्ट ट्र्याकबाट माग पूरा गरी आजै अनसन तोडाउन निर्देशन दिएका हुन्।

छिटो मेलम्ची सक्न प्रधानमन्त्रीको निर्देशन

साढे २७ किमी लामो अम्बाथान–सुन्दरीजल सुरुङमार्गमध्ये अब करिब दुई किमीमात्र खन्न बाँकी छ। आगामी पुसभित्र मेलम्ची पानी राजधानी पुग्नेमा आयोजनाका अधिकारी विश्वस्त छन् ।

प्रहरी छवि स्वच्छ पार्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा शान्ति सुरक्षा र कानूनी शासन कायम गराउन डटेर काम गर्न बरिष्ठ प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।

नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको निर्देशन अवज्ञा गर्दै सचिव विदेश भ्रमणमा

प्रधानमन्त्रीको निर्देशन लत्याउँदै खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय सपत्नी अस्ट्रेलिया भ्रमणमा निस्केका छन्।

भूकम्प राहतबारे प्रधानमन्त्रीको जबाफ माग

भूकम्पपीडितले अझै पनि उचित राहत पाउन नसकेकोतर्फ ध्यानाकषर्ण गराउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा जबाफ दिनुपर्ने माग सांसदहरूले गरेका छन्।

प्रधानमन्त्रीको निर्देशन उल्लंघन

मुलुकका प्रमुख कार्यकारीलाई आफ्नै मातहतको सरकारी संयन्त्रले जुन हिसाबले असफल सिद्ध बनाएको छ, त्यसको पीडा र लज्जा पक्कै पनि प्रधानमन्त्री देउवालाई भएको हुनुपर्छ।

प्रधानमन्त्रीको निर्देशन अलपत्र, पुरिएनन् खाल्डा

प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन। सडकका भ्वाङ झन्झ्न जोखिमपूर्ण बन्दै गएका छन्।

छिट्टो ऐन ल्याएर डा. केसीको अनशन टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीले उठाएका माग तत्काल सम्वोधन गरी अनशन टुंग्याउने दिशामा काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी बार्ता टोली एवं शिक्षामन्त्रीलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको ठाडो आदेशमा एलडिओकोे सरुवा

नवलपरासीका खोलामा रहेका नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को अवैध उत्खनन् र निकासीलाई रोक्ने प्रयास गरेका स्थानीय विकास अधिकारी युवराज कट्टेललाई प्रधानमन्त्रीको ठाडो आदेशमा सरुवा गरिएको छ।

प्रधानमन्त्रीको निर्देशन लत्याउँदै सिँचाइका ३७ कर्मचारी इटालीमा

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको 'जम्बो टोली' तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ। इटालीको टुसिया विश्वविद्यालयद्वारा आयोजित 'सस्टेनेवल इरिगेसन विथ इम्फासिस् अन माउन्टेन इरिगेसन सिस्टम' विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन्।

लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षण गर्नेगरी सहजीकरण गर्न विभिन्न मन्त्रालयका सचिव र विभागका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको सपथ बुधबार हुने

कांग्रेस सभापति नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। मंगलबारको संसद बैठकले उनलाई ३८८ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो।

देउवाको पक्षमा ३९० सांसद, प्रधानमन्त्रीको निर्वाचन हुँदै (लाइभ भिडियो)

व्यवस्थापिका–संसदको दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ। नेपालको ४० औं प्रधानमन्त्री बन्ने दौडमा काँग्रेस सभापति शेरबहादुर देउवा मात्र एक्ला उम्मेदवार छन्। देउवा झन्डै दुई तिहाई सांसदको समर्थनसहित प्रधानमन्त्री बन्ने देखिएको छ। देउवाको पक्षमा उनको आफ्नै पार्टी काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, फोरम लोकतान्त्रिकसहित ३ सय ९०भन्दा बढी सांसदको समर्थनमा देउवा निर्वाचित हुन लागेका हुन्।

चार बुँदे समझदारीपछि संसद खोल्न एमाले तयार, मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुने

मुख्य राजनीतिक दलहरु नेपाली काँग्रेस, एमाले र माओवादीबीच संसद सञ्चालन गर्न सहमति भएको छ। सोमबार साँझ सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा भएको तीन दलका शीर्ष नेताहरुको बैठक चार बुँदे सहमति भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्