५ आश्विन २०८१ शनिबार
image/svg+xml

मतदाता लोभ्याउन उम्मेदवारको भोजभतेर

'मतदातालाई प्रलोभनमा पार्ने हिसाबले कुनै पनि गतिविधि उम्मेदवारले गर्न पाउँदैनन्,' उनले भने,'यदि त्यस्तो गरेको छ भने सिडियो साहेवलाई जानकारी गराइदिनुस् हामी छलफल गर्छौं।'

विवाह र भोजभतेर संक्रमण फैलाउने कारण बन्दै

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा केही समयअघि एउटा विवाह सम्पन्न भयो । विश्वभर कोभिड–१९ को महामारी फैलिरहेका बेला सम्पन्न बिवाहपछि एन्टीजेन परीक्षण गर्दा सो विवाहमा सहभागी धेरैजसोमा संक्रमण देखियो ।

बागलुङमा विवाह र भोजभतेरले फैलियो कोरोना

वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा सङ्क्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो।

विवाह र भोजभतेरले निम्त्याउँदै कोरोना संकट

कोरोनाको दोश्रो लहर फैलिन थाल्दै गर्दा वैशाख पहिलोसाता गाउँगाउँमा विवाह, ब्रतबन्ध, भोजभतेर, पुजाआजा निकै नै चलेका थिए । सरकारले भीडभाड र जमघट तथा भोजभतेर नगर्न निर्देशन दिदाँदिँदै पनि गाउँमा बढि अटेर भएको थियो । त्यही अटेर अहिले गाउँमा कोरोना फैलाउने मुख्य कारक बनेको स्थानीय तहका पदाधिकारी बताउँछन् ।

बढेकाे बढ्यै खर्च, भोजभतेरमा मात्र सकियो ११ अर्ब

खर्चमा मितव्ययिता ल्याउन सरकारले विविध खर्च शीर्षकबाट विनियोजन हुने रकम कटौती गर्ने बताए पनि गत आवमा यस्ता अनुत्पादक क्षेत्रमा खर्चको बढोत्तरी भएको प्रतिवेदन महालेखा नियन्त्रकको ५६ औं प्रतिवेदनमा उल्लेख छ।

भोजभतेरमै सीमित मुख्यमन्त्री र मन्त्री

प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलाई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ। मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा, गोष्ठी र उद्घाटन जस्ता ५० भन्दा बढी कार्यक्रममा सहभागिता जनाइसकेका छन्।

भूकम्पपछिको पुननिर्माण : घर ठडिएपछि भोजभतेर र नाचगान (भिडियो)

मध्याह्न १२ बजे, स्थानीय ढाँडेबजार छोडेर धुले सडक हुँदै झन्डै डेढ घन्टा सवारीयात्राद्वारा हिमाली बस्ती सिरानगाउँ पुग्दा गाउँले भोजभतेरमा व्यस्त थिए। त्यहाँ घरका कोही नछुटी सबै गाउँले भेला भएका रहेछन्। राँगा, कुखुराको परिकारसहितका भोजन खाइरहँदा सुरु भएको नाचगानले बस्ती गुञ्जायमान बन्यो। आपसमा अबिर टीका र खादा पहिर्‌याएर उनीहरूले एकसाथ एकता, सद्भाव र खुसी साटासाट गरे।

भूकम्पपछिको पुनर्निर्माण : घर ठडिएपछि भोजभतेर र नाचगान

मध्याह्न १२ बजे, स्थानीय ढाँडेबजार छोडेर धुले सडक हुँदै झन्डै डेढ घन्टा सवारीयात्राद्वारा हिमाली बस्ती सिरानगाउँ पुग्दा गाउँले भोजभतेरमा व्यस्त थिए । त्यहाँ घरका कोही नछुटी सबै गाउँले भेला भएका रहेछन् । राँगा, कुखुराको परिकारसहितका भोजन खाइरहँदा सुरु भएको नाचगानले बस्ती गुञ्जायमान बन्यो । आपसमा अबिर टीका र खादा पहि¥याएर उनीहरूले एकसाथ एकता, सद्भाव र खुसी साटासाट गरे ।

माझी गाउँको सन्देश : भोजभतेरमा बिक्दैनौं, वाचा पूरा गर्नेलाई भोट

चौतारा–दोलालघाट सडकको बन्देउबाट धुले सडक हुँदै केही अघि बढेपछि आउने जामुने गाउँका माझी युवा टहरोमा दलीय झण्डा गाढ्दै थिए। अलिपर एक्लेबेँसीमा उम्मेदवारका प्रचार सामग्री टाँस्न व्यस्त माझी युवाको अर्को टोली भेटियो। इन्द्रावती फाँटको झुम्म बस्ती महादेवटार अझ रंगिन थियो। टहरोको धुरीमा दलीय झण्डा फहराउँदै पाखा, भित्तैभरी छपक्क प्रचार सामग्री टाँसेर माझी समुदाय स्वागत साथ चुनावको व्यग्र प्रतिक्षा गरिरहेका छन्।

भोजभतेर नगर्न आयोगको निर्देशन

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन चाडबाडको नाममा सार्वजनिक रुपमा भोजभतेर र चियापान नगर्न नगराउन आग्रह गरेको छ ।

वृद्ध दम्पतीको बीभत्स हत्या गरेर रातभर भोजभतेर र नाचगान

धनगढी बजारमै एक वृद्ध दम्पतीको नाटकीय शैलीमा बीभत्स ढंगले हत्या गरिएको छ। वृद्धवृद्धालाई हत्या गरेर घर कब्जामा लिई खसी काटेर एक समूहले रातभर भोजभतेर र नाचगान गरेको पाइएको छ। सदरमुकाम धनगढी बजारमै नाटकीय शैलीमा हत्या भएपछि आफन्त र स्थानीयले असुरक्षा महसुस भएको भन्दै सोमबार प्रहरी कार्यालय र प्रशासन कार्यालयअघि प्रदर्शन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्