२३ वैशाख २०८१ आइतबार
image/svg+xml

पहिले भरिया, अहिले नेतृत्वकर्ता

सुरुवाती चरणमा हिमाल आरोहण गर्दा विदेशी आरोहीका भरिया बनेर सघाउने नेपालीहरू अहिले आरोहणकै नेतृत्वकर्ता बनेका छन्।

सगरमाथा आरोहीले आफ्नो मलमूत्र आफैं ल्याउनुपर्ने

खुम्बु पासाङ ल्हामु गाउँपालिकाले अबदेखि सगरमाथा आरोही स्वयंले आफ्नो मलमूत्र प्लास्टिक झोलामा पोको पारी राख्ने र फर्कंदा तल ल्याउनुपर्ने थिति बसाल्ने नीति ल्याएकाे छ।

माउन्टेन ड्यु गेल्जे शेर्पाको आरोहण सहयात्री

माउन्टेन ड्यु सफल आरोही गेल्जे शेर्पाको साथमा चो यु हिमाल आरोहण गर्ने अभियानमा जुटेको छ। माउन्टेन ड्युले नेपालबाट चो यु आरोहण गर्ने शेर्पाको आरोहण अभियान २०२५ लाई सघाउने भएको हो।

बेपत्ता कीर्तिमानी आरोही शेर्पाको खोजी अर्को वर्ष

हिमपहिरोमा बेपत्ता कीर्तिमानी आरोही तेन्जेन शेर्पाको खोजी तथा उद्धार अर्को वर्ष मात्रै हुने भएको छ।शेर्पा दुई महिनाअघि हिमाल चढ्ने क्रममा गत अक्टोबर ७ मा बेपत्ता भएका थिए।

माउन्ट एल्ब्रस आरोहणको अनुभवः आरोही शेर्मा

‘हाँस्दा हाँस्दै रुनुपर्ने अनौठो अनुभूति हुँदोरहेछ, एल्ब्रसको चुचुरो चढ्दा त्यस्तै भयो’, हिमाल आरोहण सकेर मंगलबार काठमाडौं ओर्लिएका आरोही शेर्माले भने,‘क्षणभरमै बदलिरहने मौसमका कारण कतिबेला के हुन्छ अनुमान लगाउनै नसकिने रहेछ।’

महिला मन्त्रालयद्वारा हिमाल आरोही बुढालाई सम्मान

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हरिबहादुर बुढा मगरलाई सम्मान गरेको छ।

सगरमाथा आरोही चेन छुविनको अक्सिजन फेर्ने क्रममा मृत्यु

एटके इन्टरनेसनल एभरेष्ट एक्पिडीसन टिम ‘बि’ बाट गएका उनको ८ हजार मिटर माथी साउथ समिट क्षेत्रमा मृत्यु भएको एजेन्सीका म्यानेजर लाक्पा शेर्पाले बताए।

सगरमाथा आरोहणको क्रममा १ चाइनीज आरोहीको मृत्यु

सगरमाथा आरोहणको क्रममा १ चाइनीज आरोहीको मृत्यु भएको छ। एटके एक्सपिसिडीसन एजेन्सीबाट सगरमाथा आरोहणमा गएका १ चाइनीज आरोहीको मृत्यु भएको म्यानेजर लाक्पा शेर्पाले बताए।

पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा

थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन्।

बेपत्ता भारतीय आरोहीको जीवितै उद्धार

म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ।

कीर्तिमानी आरोही शेर्पालाई पर्यटन मन्त्रालयको सम्मान

आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज (बुधवार) मन्त्रालयमा नै बोलाएर सम्मान गरेका हुन।

१६१ ले चढे मनास्लु

शरद ऋतुको आरोहणका लागि सगरमाथा (८, ८४८. ८६ मिटर), मनास्लु लगायत हिमाल तथा चुली आरोहणका लागि एक सय ४६ आरोही समूहका एक हजार दुई सय ३८ आरोहीले आरोहण अनुमति लिएका छन्। शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइँमा पर्छ।

नौ सय बढी आरोहीले लिए विभिन्न् हिमाल आरोहणको अनुमति

अमादब्लङलगायत मिहाल आरोहणका लागि अहिले पनि आरोहण अनुमति जारी भइरहेको विभागले जनाएको छ। यस सिजनमा हिमाल आरोहणबाट हालसम्म सात करोड १० लाख ३१ हजार छ सय ४७ रोयल्टी जम्मा भएको विभागले जनाएको छ।

कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई सम्मान

सरकारले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई नगदसहित सम्मान गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कीर्तिमानी पर्वतारोहीको योगदानलाई कदर गर्दै राम्रो नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्