११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

मकालु हिमाल आरोहणको तयारी गर्दै पूर्णिमा

एउटै सिजनमा कञ्चनजंघा र लोहोत्से हिमालको सफल आरोहण गरेकी पूर्णिमा श्रेष्ठले हप्ता दिनपछि मकालु हिमाल चढ्ने बताएकी छन्।

आरोहीको दोस्रो रोजाईमा धौलागिरी हिमाल, १३ जना विदेशी आरोही बेसक्याम्पतर्फ प्रस्थान

कोरोनाले थलिएको पर्वतारोहण क्षेत्रमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ। म्याग्दीमा रहेको धौलागिरी हिमाल आरोहीहरूको रोजाईमा पर्न थालेको हो।

नेपालको पर्यटनका लागि निर्मल पुर्जा विश्व सद्भावना दूत

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ।

बेपत्ता आरोही खोज्न तालिम प्राप्त टोली परिचालन

कूल ६ हजार ७८३ मिटर उचाइमा पर्ने खाङतेगा हिमाल आरोहणका क्रममा बेपत्ता बनेका तीन जना फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

म्याग्दीका हिमालमा आरोही आउन थाले

संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन्। यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ।

१६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति

अघिल्लो वर्षको सो याममा महामारीकाबीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य सङ्ख्यामा आरोहण भएको विभागले जनाएको छ।

आरोही युवराजले फहराए सगरमाथामा नाछिरिङको व्यानर

खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका हिमाल आरोही युवराज नाछिरिङले विश्वको सर्वोच्च शिखर सगरमाथामा किरात रदु नाछिरिङ साखाम केन्द्रको व्यानर फहराएका छन् ।

एक सय ७० आरोही सगरमाथा शिखरमा

महामारीको पहिलो लहरले गत वर्ष कुनै आरोहण हुन नसकेको सगरमाथामा दोस्रो लहरले भने कुनै असर नगरेको सगरमाथा आधार शिविरबाट बिहीबार राजधानी फर्किएकी विभागकी निर्देशक मिरा आचार्यले बताएकी छन्।

हिमालआरोही पूर्णिमालाई सम्मान

काठमाडौंको सेभेन समिट ट्रेक्स कम्पनीमार्फत २०७७ चैत ८ गते नारच्याङ हुँदै पैदलमार्ग भएर गएका पूर्णिमा लगायत ६ जना नेपाली महिलाको टोलीले २०७८ वैशाख ३ गते दिउँसो १.३० बजे अन्नपूर्णको सफल आरोहण गरेको थियो।

हिमाल आरोहीलाई नेपाली सेनाको सम्मान

कार्यक्रममा अग्ला १४ हिमालहरूमध्येको ८ हजार ६ सय ११ मिटर अग्लो हिमालको वृत्तचित्र प्रस्तुत गरिएको थियो। आरोहण दलका निर्मल पुर्जा मगरले आरोहणको अनुभव सुनाए। उनले नेपालीको नाम विश्वभर फैलाउन नेपालको राष्ट्रिय गीत गाउँदै चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराउन आफुहरू सफल भएको बताए।

शरद ऋतुको आरोहण : १२०० आरोही हिमालमा

सन् २०१९ को शरद ऋतुमा हिमाल आरोहणका लागि १६४ समूहका एक हजार २०० आरोहीले आरोहण अनुमति लिएका छन्। सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा हिमशृङ्खलासहित ५३ हिमाल आरोहणका लागि आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका हुन्।

सगरमाथा आरोहण असफल अन्य हिमालमा भने आरोही गन्तव्यतर्फ

यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन्। गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए।

मनास्लुमा आरोहीको ओइरो

यस वर्षको शरद ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन्।

हिमाल आरोही निम्सलाई सशस्त्रको सम्मान

सर्वोच्च शिखर सगरमाथासहित विश्वमा रहेका आठ हजार मिटर भन्दा बढी उचाईका १४ वटा हिमालमध्ये ११ वटा हिमालहरुको तीन महिनाभित्र सफल आरोहण गरिसकेका निर्मल पुर्जा ‘निम्स’लाई सशस्त्र प्रहरी बल, नेपालले सम्मान गरेको छ।

नक्कली आरोहण सिफारिसमाथि छानबिन सुरु

सगरमाथा आरोहीसँगै गएका सम्पर्क अधिकृत (लियाजोन अफिसर)ले सगरमाथा चुचुरोमा नपुगेका आरोहीलाई आरोहणको सिफरिस गरेको पाइएको छ। सम्पर्क अधिकारीले प्रमाणित गरेपछि पर्यटन विभागले भारतीय पर्वतारोही नाहिता मञ्जुरलाई सगरमाथा चुचुरोमा पुगेको प्रमाण पत्र दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्