२ असार २०८१ आइतबार
image/svg+xml

त्यो त्यहाँ छ त्यसैले

आरोही टोलीसँग जाने र आधार शिविरसम्म पनि नपुगी फर्केर लाभान्वित हुने अहिलेको अवस्थामा परिवर्तन त्यत्तिकै आवश्यक छ।

कञ्चनजंघाप्रति आरोहीको आकर्षण बढ्दो

आठ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालप्रति आरोहीको आकर्षण बढ्दै गएको देखिएको छ। २ जना भारतीय आरोहीको ज्यान गएको दुःखद् खबरमा केही राहत मिल्नेगरी यस वर्षको वसन्त ऋतुमा कञ्चनजंघा हिमालको चुचुरोमा इतिहासकै सर्वाधिक आरोही पुगेका छन्।

पचहत्तर आरोही सगरमाथाको चुचुरोमा

यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ।

सय आरोही सगरमाथा शिखरमा

सगरमाथा आरोहणको तेस्रो दिन बिहीबार करिब सयजनाले सगरमाथाको आरोहण गरेका छन् । वसन्त ऋतुमा आरोहण अनुमति पाएका आरोही अहिले शिखरतर्फ धामधम गइरहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिहीबार विदेशी र नेपाली गरि करिब सयजनाले आरोहणमा सफलता पाएका हुन् ।

दुई भारतीय आरोहीको मृत्यु

यसपटकको वसन्त ऋतुमा ६ जना शेर्पाले रोप फिक्टिङको काम गर्दै आठ हजार पाँच सय ८६ मिटरको उचाइमा रहेको कञ्चनजंघाको सफल आरोहणको भोलिपल्टै दुई भारतीय आरोहीले ज्यान गुमाएका छन् भने चिलीका एक नागरिक बेपत्ता भएका छन्।

डेढ सय बढी आरोही सगरमाथा शिखरमा

सगरमाथा आरोहणको आज तेस्रो दिन करिब एक सय जनाले सगरमाथा आरोहण गरेका छन्। बसन्त ऋतुमा आरोहण अनुमति पाएका आरोही अहिले शिखरतर्फ धामधम गइरहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार बिहीबार विदेशी र नेपाली गरि करिब सयले सगरमाथाको सफल आरोहण गरेका छन्। उनले कति विदेशी, कति नेपाली भन्ने संख्या निक्यौल गर्न बाँकी रहेको बताए।

मलेसियाली आरोही चिनको चार दिनपछि उद्धार

अन्नपूर्ण प्रथम (८०९१ मि) आरोहण मार्गको ७ हजार पाँच सय मिटर उचाइमा चार दिनदेखि हराइरहेका मलेसियाका आरोही वुई किन चिनको शुक्रबार बिहान सकुशल उद्धार गरिएको छ। गत मंगलबार दिँउसो आरोहण सकेर फर्कने क्रममा हराएका आरोही चिन अर्धचेत अवस्थामा फेला परेको उद्धारकर्ताले बताएका छन्।

अन्नपूर्णमा अलपत्र आरोहीको उद्धार

गत मंगलबार अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण गरेर फर्कने क्रममा मलेसियाका ४८ वर्षीय आरोही वुई किन चिन समूहबाट छुटे। निर्धारित समयमा तोकिएको गन्तव्यमा नफर्केपछि बल्ल उनी छुटेको थाहा भयो। अनि उद्धारको प्रयास भए पनि तत्काल सम्भव भएन। निर्धारित समयमा चिन तोकिएको गन्तव्यमा नआएपछि साथमा गएका अरु आरोहीसहितको टोली फर्कियो।

सोनाम र दाबुटीलाई उपाधि

सगरमाथा आरोही दाबुटी शेर्पा सन् २०१८ को ‘मिस शेर्पा’ बनेकी छिन्। दिपास इन्टरनेशनलको आयोजनामा राजधानीमा भएको ‘मिस शेर्पा’को पाँचौ संस्करणमा ८ प्रतिस्पर्धीलाई उछिन्दै उनी ‘मिस शेर्पा’ बनेकी हुन्। सन् २०१७ मा सगरमाथाको सफल आरोहण गरेकी दाबुटीले ‘मिस बेस्ट ट्यालेन्ट’को विधागत अवार्ड पनि जितिन्।

'स्पिड आरोही' को कीर्तिमान लाक्पा गेलु कै कायम

सबै भन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्ने 'स्पिड' आरोहीको कीर्तिमान लाक्पा गेलु शेर्पाकै आधिकारिक भएको छ। यस अघि गलत प्रमाणबाट कीर्तिमानी कायम गरेका आरोही पेम्बा दोर्जी शेर्पाको सर्वोच्च अदालत हुँदै पर्यटन विभागले पनि गलत रहेको प्रमाणित गरेपछि लाक्पा गेलुको नाममा स्पिड आरोहीको कीर्तिमान कायम भएको हो।

सगरमाथा दिवसः कीर्तिमानी आरोहीलाई सम्मान

एघारौं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा मूल समारोह समितिले कीर्तिमानी आरोही तथा आरोहण क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई आज सम्मान गरेको छ।

एकैदिन थप ४१ आरोही सगरमाथा शिखरमा

अनुकूल मौसमको फाइदा उठाउँदै मंगलबार एकै दिन स्वदेश तथा विदेशका ४१ आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा शिखरमा विजयी झन्डा फह-याएका छन्।

एकैदिन चार दर्जन आरोही सगरमाथा शिखरमा

अनुकूल मौसमको फाइदा उठाउँदै सोमबार एकै दिन स्वदेश तथा विदेशका करिब चार दर्जन आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आधारशिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरिरहेका सयौं आरोहीमध्ये सोमबार बिहान ५ बजेदेखि ११ बजेभित्र ती आरोही शिखर पुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्