५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

कीर्तिमानी आरोही शेर्पालाई पर्यटन मन्त्रालयको सम्मान

फाइल तस्बिर ।

कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ।  

आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज (बुधवार) मन्त्रालयमा नै बोलाएर सम्मान गरेका हुन। उनले एक महिनाको आफ्नो मन्त्रीको तलब सम्मान स्वरूप ७० हजार ७ सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे। सम्मान कार्यक्रमपछि बोल्दै पर्यटन मन्त्री श्रेष्ठले हिमाल आरोहण गर्ने कुरा कम चुनौतीको विषय नभएको बताए। उनले आरोही शेर्पाले ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल दुई÷दुई पटक आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेको   उपलक्ष्यमा आफूले आरोही शेर्पालाई  सम्मानस्वरुप एक महिनाको तलब हस्तान्तरण गरेको बताए । मन्त्री श्रेष्ठले सगरमाथा आरोहण गर्ने व्यक्तिलाई अन्य देशमा  देशको गौरवको रूपमा सम्मान दिने गरिए पनि नेपालमा भने त्यत्ति चासो नदिएको आरोप लगाए। आरोही शेर्पाले अहिलेसम्म ७ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ।  

मन्त्री श्रेष्ठले कीर्तिमानी आरोही सानु शेर्पासहितका हिमाल आरोहीहरूको चर्चा विश्वमा गर्नसके पर्यटन क्षेत्रको प्रचारका साथै नेपालको छवि पनि विश्वमाझ पुग्ने बताए।  

प्रकाशित: ६ पुस २०७९ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App