२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई शेखर कोइरालाको प्रश्न: कति पटक विश्वासको मत लिनुहुन्छ ?

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक विश्वासको मत लिएकाे प्रति आपत्ति जनाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते चौथो पटक संसद्मा विश्वासको मत लिने तयारी गरिरहेका बेला उनले त्यसप्रति आपत्ति जनाएका हुन्।

नेता कोइरालाले प्रधानमन्त्री दाहाललाई कति पटक विश्वासको मत लिने ? भनी प्रश्न समेत गरे। उनले प्रधानमन्त्री दाहाल आफैँलाई प्रधानमन्त्री के का लागि भएको भन्ने जिज्ञासाको जवाफ नभएको समेत जिकिर गरे।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक अस्थिरता भएकाले त्यसलाई परिवर्तन गरेर अघि बढ्ने कुरामा ठूला दल कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अडान समेत दोहोर्‍याए।

नेता कोइरालाले निर्वाचन प्रणालीमा सुधार गरेर अघि नबढ्ने हो भने मुलुकलाई बर्बाद हुनबाट कसैले पनि जोगाउन नसक्ने दाबी गरे।

प्रकाशित: ५ जेष्ठ २०८१ १६:१८ शनिबार