५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सगरमाथा आरोही चेन छुविनको अक्सिजन फेर्ने क्रममा मृत्यु

फाइल तस्बिर

सगरमाथा आरोहणको क्रममा एक चाइनीज आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ बर्षिय चेन छुविन रहेका छन्।

एटके इन्टरनेसनल एभरेष्ट एक्पिडीसन टिम ‘बि’ बाट गएका उनको ८ हजार मिटर माथी साउथ समिट क्षेत्रमा मृत्यु भएको एजेन्सीका म्यानेजर लाक्पा शेर्पाले बताए। म्यानेजर शेर्पाका अनुसार उनको गत विहिबार विहान मृत्यु भएको हो। ‘अक्सिजन फेर्ने क्रममा अचेत भएर ढलेका उनको मृत्यु भएको हो।’ उनले भने ‘अहिलेलाई यत्ती जानकारी आएको छ हामि उक्त समूहसँग लगातार सम्पर्क गरिरहेका छौ। उनीहरु पर्सी बेस क्याम्प फर्केपछी विस्तृतमा थाहा हुन्छ।’

रसियाको ५, इण्डीयाको ३, मंगोलियाको ३ र चाइनाको २ गरी जम्मा १३ अन्तराष्ट्रिय आरोहीहरु उक्त समूहमा रहेका थिए।  रसियन नागरिक भिक्टर भोल्डीनले सो टिमलाई लिड गरेका थिए। म्यानेजर शेर्पाका अनुसार मृतकको परिवार र चाइनिज राजदुतावाससँग थप के गर्ने भन्ने विषयमा कुरा भइरहेको छ। उनले भने ‘हामिले परिवार र चाइनिज दुतावाससँग कुरा गरिरहेका छौ परिवार र दुतावासको सहकार्यमा शवलाई सकेसम्म छिटो उद्धार गर्नेछौ।’

गत शनिबार बैशाख ३० गते  दिउँसो १ बजेर ५२ मिनेटमा आइसफल डाक्टरहरुको समूहले आरोहणको लागी सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने काम सकेपछी यस बर्षको बसन्तकालिन आरोहण सुरु भएको थियोे। सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका नौ जना शेर्पा आरोहीका टोलीले सगरमाथाको चुचुरोसम्मको बाटो खोलेका थिए।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको इतिहासमा यो बर्ष बसन्त ऋतुमा सबैभन्दा धेरैले अनुमति लिएका छन्। सन् १९५३ मे २९ मा पहिलोपटक तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथा शिखरमा सफल आरोहण गरेपछी सगरमाथा आरोहणको यात्रा सुरु भएको थियो। सगरमाथामा मानव पाइला टेकिएको ७० वर्षको इतिहासमै यस बर्षको बसन्त ऋतुमा सबैभन्दा धेरैले सगरमाथा आरोहणका लागी अनुमती लिएको विभागले जनाएको छ।  

प्रकाशित: ५ जेष्ठ २०८० १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App