१२ मंसिर २०८१ बुधबार
image/svg+xml

महाकालीमा नदीमा अन्त्येष्टि घाटको शिलान्यास

महाकाली नदीमा अन्तिम संस्कारका लागि घाट निर्माण हुने भएको छ। सोमबार भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदी छेउमा अन्त्येष्टि घाट शिलान्यास गरिएको छ। घाट नहुँदा यहाँका बासिन्दाले अन्तिम संस्कारमा सास्ती भोग्दै आएका थिए। यसको निर्माण पछि राहत हुने स्थानीयले बताएका छन्। निश्चित आर्यघाट नहुँदा विरोध र विवाद हुँदै आएको छ। कहिले भुजेला, कहिले पिपरिया त कहिले झोलुंगे क्षेत्रमा अत्येष्टि गर्नु परेको छ। स्थानीयवासीले दुर्गन्धित हुने भन्दै आन्दोलन थालेपछि शव जलाउनकै लागि समस्या हुने गरेको छ।

राप्ती नदीमा झोलुंगे पुल बन्ने भएपछि स्थानीय हर्षित

झोलुंगे पुल बन्ने भएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ भम्का गाउँका स्थानीय हर्षित भएका छन्। उक्त क्षेत्रको भम्का–बैरिया राप्तीघाटमा भोलुंगे पुल बन्ने भएको हो। भम्का घाटमा झोलुंगे पुल निर्माण गर्न ठेक्का सम्झाैंता भएर पनि केहीदिन देखी काम सुरु भइसकेको छ।

सरकारको प्राथमिकताा छैन सुशिल कोइराला क्यान्सर अस्पताल

बाँकेमा सञ्चालित 'सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल' ले एक सय सैय्याको स्वीकृती पाएको छ। अस्पतालले ५९ शैड्ढयाबाट पनि मुस्किलले सेवा दिईरहेको छ। अस्पताललाई करिव २५ जना विशेषज्ञ चिकित्सकसहित कुल २ सय ५ जना जनशक्ति आवश्यक छ, तर नेपाल सरकारले अहिलेसम्म अस्पताललाई आवश्यक जनशक्ति दिन सकेको छैन। करारसहित करिव ३५ जना कर्मचारीले अस्पताललाई धानेका छन्।

आयुष्मान–शिल्पाको ‘सानो मन’

सांगीतिक प्रेमकथामा रहेर नयाँ फिल्म ‘सानो मन’ निर्माण हुने भएको छ । सुयोग गुरुङको ‘डेब्यु’ निर्देशन रहने फिल्ममा आयुष्मान देशराज जोशी र शिल्पा मास्केको जोडीले रोमान्स गर्नेछन्।

सुख्खा बन्दरगाह विवाद उत्कर्षमा

काठमाडौंको चोभारमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको सुक्खा बन्दरगाहमा सरकार र स्थानीय जनताबीच विवाद चर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सुख्खा बन्दरगाहको शिलान्यास गरेसँगै सरकार र स्थानीयबीचको विवाद उत्कर्षमा पुगेको हो।

‘सहर दिक्कलाग्दो छ’

सबै कुराको सुविधा भएको ठाउँ हो सहर। सहर मान्छेको रहर हो। आधारभूत आवश्यकता पूरा गर्न सक्ने सुविधायुक्त बस्ती नै सहर हो। सहरमा खानेपानी, शिक्षा, स्वास्थ्य, सुरक्षा, यातायात जस्ता सबैखाले सुविधा हुन्छन्। यहाँ रोजगारीका लागि अवसर पाइन्छन्।

सुविधा सम्पन्न खालका सबै नयाँ वडा बनाइने

काठमाडौं महानगरपालिकाका मेयर विद्मासुन्दर शाक्यले महानगरका सबै ३२ वटै वडा कार्यालयको भवन नयाँ बनाइने बताएका छन्। महानगरपालिका वडा – २६ को वडा भवन कार्यालयको बिहिबार शिलान्यास गर्दे उनले यस्तो बताएका हुन्।

‘बाथ–टब’बाट नीरको नाट्य पुनरागमन

डेढ महिनादेखि अभिनेता नीर शाहको दैनिकी फेरिएको छ। सुटिङ र सार्वजनिक कार्यक्रममा व्यस्त रहने यी अभिनेता अहिले फिल्मको काम र सार्वजनिक कार्यक्रममा कमै देखिन्छन्। नीर आजकल राजधानीको बत्तिसपुतलीमा रहेको शिल्पी थिएटरमा दैनिक पुग्छन्। चारदेखि पाँच घण्टा त्यही बिताउँछन्।

सुख्खा बन्दरगाहको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिकास्थित चोभारमा बिहीबार (आज) सुख्खा बन्दरगाहाको शिलान्यास गरेका छन्। साविक हिमाल सिमेन्ट कारखानाले चोभारस्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो।

स्वयम्भू पुजारी आवासगृह पूनर्निर्माण सुरु

भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा स्वयम्भूको पुजारी आवास गृह तथा विहारहरुको पूनर्निर्माण सुरु भएको छ।

नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीलाका भगवान दुर्गा

नेपालकी पहिलो महिला प्रधानन्यायाधीस शुशिला भन्छिन् “धेरै बोलेको मन पराउनुहुन्न ” । दुर्गा भन्छन् “चाहिने भन्दा बढी बोल्छीन् शुशिला” देबकी बिष्ट

सडक छैन, भ्यु टावर!

पूर्व–पश्चिम राजमार्गमा पर्ने दमक कृष्णमन्दिरबाट झन्डै ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका–३, दापगाछी पुगिन्छ। त्यहीं ठाउँमा दुई वर्षअघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ तले भ्यु टावरको शिलान्यास गरेका थिए।

दुई जिल्ला जोड्ने पुलको शिलान्यास

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत स्याङजामा पर्ने आँधीखोलामा मोटरेवल पुलको शिलान्यास गरिएको छ। भारत र चीन जोड्ने यो आयोजना पछिल्लो समय तीव्रगतिमा निर्माणाधीन छ। शुक्रबार शिलान्यास भएको यो पुलको लागत ९ करोड ६५ लाख ७८ हजार छ।

प्रेमको तगारोमा ‘भिलेन’

नायिका शिल्पा पोखरेल र नायक निखिल उप्रेती अभिनित फिल्म ‘भिलेन’ आगामी आगामी पुस २७ गतेबाट प्रदर्शनमा आउने भएको छ। फिल्म युनिटले मंगलबार राजधानीमा पत्रकारमाझ फिल्म रिलिजको लागि तयारी अवस्थामा रहेको जानकारी दिएको हो।

९० करोडको कार्गो भवन बन्ने

नेपालको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको कार्गो भवन निर्माण सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले कार्गो भवनको शिलन्यास गरी निर्माण कार्य सुरुवात गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्