१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘मौलिकता झल्कने र आधुनिकता टल्कने धरहरा बन्छ’

भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा बिहीबार धरहरा पुनर्निर्माणको उद्घाटन गर्दै धरहराको औपचारिक पुनर्निर्माण सुरु गरियो। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको जगमा पुजा गरि उद्घाटन गरेका थिए। उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बन्ने धरहरामा ‘मौलिकता झल्कने र आधुनिकता टल्कने हुने बताए।

बिचौलिया र माफियाहरुले नेपाली न्यायालय घेरिएको छ : सुशीला कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले नेपालका न्यायालय बिचौलिया र माफियाहरुले घेरिएको बताएकी छन्। पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलमा कार्कीले न्यायाधीशहरुको राजनीतिक आस्थाले पनि न्यायालयले सकारात्मक भूमिका खेल्न नसकेको गुनासो गरिन्।

दरवाङ्ग म्याग्दी जलविद्युतको शिलान्यास

म्याग्दी जिल्लाको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको दरवाङ्ग म्याग्दी जलविद्युत आयोजना शिलान्यास गरिएको छ। आयोजनाको महिला बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थम माया थापा र धौलागिरि कालिका हाईड्रोका अध्यक्ष विनोद कुवँरले संयुक्त शिलान्यास गरेका हुन्।

रोल्पा प्रहरीको आधुनिक भवनको शिलान्यास

जिल्ला प्रहरी कार्यालय रोल्पाको भवन शिलान्यास गरिएको छ। २२ कोठे आधुनिक भवन निमार्णको शुक्रबार रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले शिलान्यास गरे।

‘सहरको फोहरमा राजनीति भयो’

तपाईँको बुझाईमा सहर भनेको के हो? सहर सुविधायुक्त ठाउँ हो । सहरको पूर्वाधार आकर्षक र व्यवस्थित हुन्छ । सडक, स्वास्थ्य, शिक्षा, रोजगारको हिसाबमा पनि अन्तभन्दा सहर नै अगाडि हुन्छ । सहरका सडक र खाली ठाउँहरू हराभरा हुनुपर्छ।

एउटै वडामा डेढ करोडको मदिरा आयात!

गाँजा, मदिरा र जुवातास नियन्त्रित क्षेत्रमा मदिरा भेटिन थालेपछि महाशिला गाउँपालिका–३ का वडा अध्यक्ष कर्णप्रताप गुरुङ (रोशन) शंकास्पद घरमा छापा मार्न सक्रिय भएका छन्।

चर्को मूल्य लिएर ठगी गरेको भन्दै ‘द कोरियन सप’मा शिलबन्दी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित द कोरियन सपमा शिलबन्दी गरेको छ। विभागको टोलीले शुक्रवार गरेको अनुगमनका क्रममा उक्त पसलका सञ्चालकले ५०० प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो।

कपडा रंग्याउने केमिकल मिठाईमा, बानेश्वरको संगम स्वीटसमा शिलबन्दी

बानेश्वरमा रहेको संगम स्वीटसले मिठार्इ बनाउनका लागि कपडामा रंग निकाल्न प्रयोग गरिने अखाध्य केमिकल प्रयोग गर्ने गरेको पाइएको छ।

कसले सुन्ने एसिड छ्यापिएका किशोरीको रोदन ? (भिडियाे)

रातको १२ बजे एक्कासी आमा, ढोका खोल भन्ने आवाज आयो। ३ महिने शिशु लिएर सुतिरहेकी पर्शिला दास भर्खर निदाएकी थिइन। उठेर हतार हतार छोरीहरु सुतेको कोठामा पुगिन। दुवै छोरीहरु ढोका छेउमा ‘पोल्यो, आत्था आत्था’ भन्दै छट्पटाई रहेका थिए। आमा पुग्ना साथ दुवै छोरीले आमालाई अँगालो हालेर रुन थाले। अत्तालिएकी आमा पनि रुँदै चिच्याइन। हल्ला खल्ला सुनेर मध्यरातमा गाउँले भेला भए, अनि बल्ल थाहा भयो दुई दिदीबहिनीको शरीरमा त तेजाब छ्यापिएको रहेछ।

प्रलेस प्रतिभा पुरस्कार सीतालाई

प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गर्ने भएको छ। सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले पुरस्कार चयन समितिको सिफारिशलाई अनुमोदन गरेको हो।

नेपालबाट भारतमा पेट्रोलियम पदार्थको अनाधिकृत विक्री

नेपालका पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थको अवैधानिक रुपमा चोरी हुने गरेको तथ्य फेला परेको छ। रुपन्देहीका सीमा क्षेत्रका पेट्रोल पम्पबाट भारतीय गाडीमार्फत पेट्रोलियम पदार्थ अनाधिकृत रुपमा विक्री भएको सूचनाका आधारमा प्रशासनले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो।

‘सहरमा थकान मार्ने ठाउँ छैनन्’

सहर सुविधायुक्त ठाउँ हो, जहाँ मानिसको दैनिकी सहजै परिपूर्ति गर्न सकिने सेवा–सुविधा हुन्छन् । सफा, सुन्दर र व्यवस्थित हुनु सहरको विषेशता हो।

धनगढीका तीन आयल स्टोरमा शिलबन्दी

बजार अनुगमन समिति कैलालीको टोलीले धनगढीका विभिन्न तीन आयल स्टोरमा साेमवार शिलबन्दी गरेको छ।सिल गरिएका आयल स्टोरमा हरि आयल स्टोर, शिवशंकर आयल स्टोर र मल्ल आयल स्टोर रहेका छन्।

अवैध नशालु औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

किशोर र युवाहरुलाई लागुऔषधका रुपमा प्रयोग गर्ने नशालु अवैध औषधि बिक्री गरिरहेको अवस्थामा भेटिएपछि आज भक्तपुरको सूर्यविनायकमा एक औषधि पसलमा शिलबन्दी गरिएको छ।

पत्रकार महासंघ पाँचथरको भवन शिलान्यास

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको भवन शिलान्यास भएको छ। एक समारोहका बीच प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले फिदिम–२ को माथिल्लो गाउँमा भवनको शिलन्यास गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्