७ वैशाख २०८१ शुक्रबार

'निषेधाज्ञामा चामल सकियाे ? हामीलाई फोन गर्नुस्'

उक्त निर्णयबाट बजारमा खाद्य सामग्री अभाव हुने चिन्ता बढेको बेला नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने खाद्य सामग्री अभाव नहुने जनाउँदै किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द भए पनि नआँतिन आग्रह गरेको छ।

कोरोनाविरुद्ध भक्तपुर नगरपालिका : दैनिक माइकिङदेखि अक्सिजन प्लान्ट स्थापनासम्म

नयाँ भेरियन्टको कोरोनाबाट प्रभावित हुन थालेसँगै ७५ शैय्याको छुट्टै आइसोलेसन केन्द्रको निर्माण गरी कोरोनाविरुद्ध लड्न सुरु गरेको भक्तपुर नगरपालिकामा हालसम्म ३ हजार १ सय ७ जना संक्रमित देखिएका छन्।

कोरोनाको उत्तम अनुभवः हेलचक्र्याइँ नै बढी जिम्मेवार

पीसीआरको पोजेटिभ रिपोर्टपछि टोलमा थप सन्नाटा छायो। त्यसपछि बल्ल सबैले अब सजग र सचेत हुनुपर्छ भन्ने जस्ता कुराहरु गर्न थाले। ‘मलाई जब पोजेटिभ भयो, मनमा भने नेगेटिभ कुराहरु खेल्न थाल्यो। कतै मेरो कारणले अरुलाई पो कोरोना सर्ला कि भन्ने डर हुन थाल्यो।’

८ हजार २०३ संक्रमित थपिए, १९६ को मृत्यु, ६ हजार ८९१ जना संक्रमणमुक्त

गत २४ घन्टामा नेपालमा ८ हजार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।

'किनभने बाँच्न जरुरी छ'

हस्पिटलले बिरामीलाई गल हत्याएर निकालेका छन्। मान्छेलाई मान्छेको व्यवहार गरिरहेका छैनन्। ‘समस्या देखाउँदै उनले मिडियाप्रति पनि ठूलो आक्रोस पोखेका छन्। उनी भन्छन्, ‘सरकार त छैन तर कहाँ छ मिडिया?

कोरोनाका कारण तीन दर्जन शिक्षकको मृत्यु : खोपविना स्कुलमा पाइला नटेक्ने

शिक्षाकर्मीहरुका लागि तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्ने अन्यथा ‘नो स्कुल रिजुम्स, विथआउट भ्याक्सिन’ नारालाई आत्मसात गर्ने समेत बताए।

'शव ब्यवस्थापनमा शत प्रतिशत सुरक्षाको विधि अपनाउँछौं'

नयाँ भेरियन्टसहित दोस्रो चरणमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणको अवस्था झन् भयावह छ । नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि अहिले दैनिक रुपमा ८ देखि १६ जनाको मृत्यु भइरहेको छ ।

उदयपुरमा वैशाख मसान्तसम्म निषेधाज्ञा

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुरको बिहीबारको बैठकले २४ गते राति १२ः०० बजेदेखि आउँदो ३१ गतेसम्म एकसाता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।

सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीलाई काममा बोलाउने

नेपाली सेनाले अवकास प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने तयारी गरेको छ । नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र भएपछि नियन्त्रण तथा आवश्यक उपचारको बन्दोबस्त गर्न सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीहरुलाई बोलाउने तयारी गरेको हो । त्यसका लागि सेनाले सम्बन्धितलाई निर्देशन समेत दिइसकेको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि भक्तपुरका स्थानीय तह के गर्दै ?

नगर प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले वडा नं. १ स्थित नेपाल इन्जिनियरिङ कलेज दुवाकोटमा १ सय शय्याको आइसोलेसन केन्द्र व्यवस्थापन गरिसकेको जानकारी दिँदै चाँगुनारायण अस्पताललाई ‘कोभिड अस्पताल’ का रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताए।

२४ घण्टाभित्र बाँकेमा १२ संक्रमितको मृत्यु

नयाँ भेरियन्टकाे रुपमा तीव्र गतिले फैलिएको कोरोना संक्रमणबाट बाँकेमा दिनहुँ मृत्युदर बढिरहेको छ । बाँकेमा २४ घण्टाभित्र १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका १० र बर्दियाका २ जना रहेका छन् ।

रेड जोनमा २२ जिल्लाः अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लालाई ‘रेड जोन’मा राखेको छ। मन्त्रालयले नयाँ भेरियन्टको कोरोना भाइरस डरलाग्दो गरी फैलिरहेको जनाउँदै २२ जिल्लालाई ‘अति प्रभावित जिल्ला’ को सूचीमा राखेको हो।

बिरामी धान्न नसक्ने अवस्थामा टेकु अस्पताल, स्वास्थ्यकर्मी भन्छन्ः अब सकिन्न

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै काठमाडौंको टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी चिन्तामा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्