१३ आश्विन २०८१ आइतबार
image/svg+xml

जाजरकोट भूकम्पः ५३ हजार घरपरिवार प्रभावित, २३ हजारलाई राहत वितरण

कर्णाली प्रदेश सरकारका अनुसार शुक्रवार रातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ५३ हजार घरपरिवार प्रभावित बनेका हुन्।

भारतले हस्तान्तरण गरेको राहत प्रभावित क्षेत्रमा पठाइयो

जाजरकोट र रुकुम(पश्चिम) मा गएको भूकम्पपछि भारतले नेपाललाई हस्तान्तरण गरेको दोस्रो खेपको राहत सामाग्री प्रभावित क्षेत्रमा पठाइएको छ । भारतीय वायु सेनाको जहाजले सोमबार बेलुका नेपालगन्ज विमानस्थलमा ल्याएको थियो।

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रतर्फ जाँदै

उनी आज जाजरकोट र रूकुम पश्चिम जाने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

भारतले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्रतर्फ पठाइयो

भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ।

भूकम्प पीडितका लागि जुम्लाका तीन स्थानीय तहद्वारा १६ लाख सहयोग

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितका लागि जुम्लाको तीन स्थानीय तहले १६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

भूकम्प प्रभावितलाई सहयोग गर्न परिसंघको आह्वान

शुक्रबार राति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गरेको छ।

भूकम्प प्रभावितलाई दुई दिनभित्र राहत सामग्री पुर्‍याउन उपप्रधानमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भुकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू पुर्‍याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।

बाँकेमा उपचाररत सबै घाइते खतरामुक्त

जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा ३७ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ गरी ३८ जना घाइतेको उपचार भइरहेको छ ।

जाजरकोटमा आजबाट राहत वितरणको काम सुरु

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पमा परी प्रभावित भएकाहरूको उद्धार कार्य सकिएको र आजबाट राहत वितरणको काम सुरु गर्न लागेको बताए।

रास्वपाको आग्रह, ‘जाजरकोट र रुकुम पश्चिम फर्किन चाहनु हुन्छ भने सम्पर्क गर्नुस’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूकम्प प्रभावित परिवारका सदस्यहरूलाई आफ्नो जिल्ला फर्किनका लागि निः शुल्क बसको व्यवस्था मिलाइदिएको छ।

उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन

नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ।

रास्वपा सांसद डा.कार्कीसहितको चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रतर्फ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्की विशेषज्ञ चिकित्सकसहितको टोली लिएर भूकम्प प्रभावितको उपचारका लागि कर्णाली तर्फ गएकी छन्।

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए।

भूकम्प प्रभावितलाई कोशी सरकारले एक करोड रुपैयाँ राहत दिने

कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुर्नस्थापना लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको छ।

भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न राप्रपाद्वारा अपिल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न सबैलाई अपिल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्