२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जाजरकोट भूकम्पः ५३ हजार घरपरिवार प्रभावित, २३ हजारलाई राहत वितरण

जाजरकोट भूकम्पका कारण ५२ हजार घरपरिवार प्रभावित बनेका छन्। कर्णाली प्रदेश सरकारका अनुसार शुक्रवार रातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ५३ हजार घरपरिवार प्रभावित बनेका हुन्।  

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार भूकम्पका कारण हालसम्म १६ हजार ५ सय ७० घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने ९ हजार ९ सय ६१ घर आंशिक रुपले क्षति भएका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले भौतिक क्षतिबारे तथ्याङ्क सङ्कलनको काम भइरहेको भन्दै ९ हजार ९ सय ६१ घर बस्न नमिल्ने गरी क्षति भएको बताए। उनले १६ हजार ५ सय ७० घर ध्वस्त नै भएको बताए।

भूकम्पका कारण रुकुम पश्चिममा २६ हजार र जाजरकोटमा २७ हजार घरपरिवार प्रभावित भएको बताए। उनले भूकम्पका कारण प्रभावित भएकामध्ये हालसम्म दुबै जिल्लाका गरी २३ हजारलाई राहत वितरण गरिएको जानकारी दिए।

नागरिक न्यूजसँगको कुराकानीमा उनले भने, ‘राहत वितरणको काम सुरु भएको छ। हालसम्म जाजरकोटमा प्रभावित २७ हजारमध्ये १५ हजार घरपरिवारलाई राहत वितरण गरिएको छ भने रुकुम पश्चिममा २६ हजारमध्ये ८ हजारलाई राहत वितरण गरिएको छ। बाँकी प्रभावितसमक्ष पनि चाँडै नै राहत पुर्याइनेछ।’

प्रकाशित: २१ कार्तिक २०८० ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App