७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

नेपाल सुपर लिग: बुटवल र ललितपुर प्लेअफमा

धनगढी एफसी र काठमाडौं रेजर्र्सले नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा स्थान बनाइसक्दा शनिबारको प्रतिस्पर्धा अघि विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी प्लेअफको होड थिए।

नेपाल सुपर लिग: काठमाडौं रेजर्सको सनसनीपूर्ण जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा काठमाडौंले उत्कृष्ट पुनरागमनसहित विराटनगरलाई ५–४ ले हराएको हो। खेलको छैटौं मिनेटमा एडेलेजा सोमिडेको गोलबाट विराटनगरले अग्रता लिएको थियो।

नेपाल सुपर लिग: बुटवलको अपराजित यात्रामा पूर्णविराम

खेलको चौथो मिनेटमा स्ट्राइकर स्टेफिन बिनोङले गरेको गोल काठमाडौंको जितका लागि पर्याप्त बन्यो।

नेपाल सुपर लिग: फिनिसिङको समस्यामा ललितपुर

नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ललितपुर पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको हो।

नेपाल सुपर लिग: बुटवल लुम्बिनीले गुमायो अवसर

बुटवल लुम्बिनी दुई पटकको अग्रता जोगाउन नसक्दा विराटनगर सिटी एफसीसँग २–२ को बराबरीमा रोकियो । विराटनगर विरुद्धको जितले बुटवल शीर्ष स्थानमा उक्लिने थियो । जारी लिगमा बुटवल एक मात्र अपराजित टोली हो।

नेपाल सुपर लिग: ललितपुर अझै जितबाट टाढा

ललितपुर सिटी एफसीको नेपाल सुपर लिग(एनएसएल) मा स्पष्ट तीन अंक जोड्ने योजनाले तेस्रो खेलको समाप्तिसम्म पनि पूर्णता पाउन सकेको छैन।

नेपाल सुपर लिग: नवयुगले दिलाए सफलता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार दोस्रो खेलमा पोखरा थन्डर्सले विराटनगर सिटी एफसीलाई १–० ले हराएको हो। ८३औं मिनेटमा नवयुगले फ्रिककलाई हेडरमार्फत जाली चुमाएका थिए।

नेपाल सुपर लिग: ललितपुरको लक्ष्यमा विशाल बाधक

खेलको २१औँ मिनेटमा ललितपुरले गोलको सुनौलो अवसर पाए पनि सदुपयोग गर्न भने सकेन। कप्तान अञ्जन विष्टले प्रहार गरेको पेनाल्टी चितवनका गोलकिपर विशाल सुनारले विफल पारेका थिए। लगत्तै रिबाउन्डमा स्ट्राइकर विमल रानाले गरेको प्रहार पनि विशालले रोकेका थिए।

नेपाल सुपर लिगमा लुम्बिनी फुटबल क्लब सहभागी हुने

बैशाख ११ गते देखि काठमाडौंमा सुरु हुन लागेको नेपाल सुपर लिग फुटवलमा लुम्बिनी फुटबल क्लब (बिएलएफसी) ले भाग लिने भएको छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा.लिको आयोजनामा हुन लागेको सुपर लिगको उपाधी जित्ने गरी प्रतियोगीतामा भाग लिने सम्पूर्ण तयारी पुरा गरेको क्लबका अध्यक्ष राजकुमार तिमिल्सिनाले जानकारी दिए ।

किरण धनगढीका आइकोनिक खेलाडी

नेपाल सुपर लिग (एनएसएल) को टोली धनगढी फुटबल क्लबले नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बुलाई बिहीबार आइकोनिक खेलाडीका रूपमा भित्र्याएको छ। किरणले एनएसएलसँगै पाँच वर्षपछि नेपाली घरेलु फुटबलमा पुनरागमन गर्न लागेका हुन्।

विशाल धनगढीका मार्की खेलाडी

नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टोली धनगढी फुटबल क्लबले नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीको रूपमा सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्