coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते, तीनजनाको अवस्था गम्भीर

काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। चौँरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ जाँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका– ५ मुलाबारीमा दुर्घटना भएको हो।

काभ्रेमा बस र सुमो ठोक्किँदा ७ यात्रु घाइते

काभ्रेको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ स्थित बेलामा बस र सुमो ठोक्किँदा ७ जना घाइते भएका छन्।

ललितपुरको मेटल उद्योगमा आगलागीबाट मृत्यु भएका व्यक्तिको परिचय खुल्यो

ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेका छन्।

घुम्नै पर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान

स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै नारायणस्थान डाँडामा पुग्ने जो कोहीले पनि प्रकृतिको स्वर्गीय आनन्द भने अवश्य लिने छन्। यहाँ घुम्न आउने पर्यटकका लागि प्राकृतिक सुन्दरताको वर्णन गर्ने शब्द पाउनै गाह्रो पर्छ।

काभ्रेमा मापदण्डविपरित एम्बुलेन्स सञ्चालन

सरकारले देशभरका एम्बुलेन्स सेवा सञ्चालनका लागि बनाएको ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८’लाई बेवास्ता गरी जिल्लामा वर्षौँदेखि अधिकांश एम्बुलेन्स मापदण्डविपरीत सञ्चालन भएका हुन्।

एक हजार ५२० वर्षअघि आजकै दिन भएकाे थियाे पलाञ्चोकी विजेश्वरी भगवतीको प्राण प्रतिष्ठा

एक हजार ५ सय २० वर्षअघि ५६० सालमाविजयास्वामिनीले राजसुयज्ञ गरी पलाञ्चोकी विजेश्वरी भगवतीको प्राण प्रतिष्ठा गरेकी थिइन्।

धुलिखेल–खावा सडकको ठेक्का तोड्ने तयारी, ७ दिनभित्र स्पष्टिकरण माग

सूचनामा ठेक्का नतोड्नुपर्ने कुनै पनि कारण भए सात दिनभित्र स्पष्टीकरण पेस गर्न कार्यालयले निर्माण कम्पनीलाई समय दिएको छ।

सरकारको विशेष अनुदानः खरको छानो हटाएर जस्तापाता

उक्त अनुदानबाट जिल्लाको तेमाल, खानीखोला र चौरीदेउराली गाउँपालिकामा रहेका खरको छानो भएका बाँकी करिब दुई सय घरमा जस्तापाताले छाउन लागिएको जनाइएको छ।

सहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी

बसाइँसराइ र बेरोजगारी समस्याका कारण काभ्रेपलाञ्चोकका गाउँका विद्यालयहरुमा विद्यार्थी घट्दै जान थालेका छन्।

ग्लोबल बैंकका दुई नयाँ शाखा

ग्लोबल आइएमई बैंक लिमिटेडले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सर्लाहीको मलंगवा नगरपालिका–८, मलंगवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

भरिलाे दाँतमा मुस्कुराउने छन् बनेपाका ज्येष्ठ नागरिक

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत झरेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत निःशुल्क लगाइदिने भएको छ।

नाबालिग बलात्कारको आरोपमा पक्राउ प्रअ र शिक्षकमाथि थप अनुसन्धान

नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा आइतबार काभ्रेमा पक्राउ परेका प्रधानाध्यापक र शिक्षकमाथि थप अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ।

‘मानवविहीन मध्यपहाड’

एमालेले ‘झुलाघाट–चिवाभन्ज्याङ: समृद्धिका लागि संकल्प यात्रा’का क्रममा मध्यपहाडका गाउँबस्ती रित्तिँदै गएको र विद्यालय बन्द हुन थालेकाले त्यहाँको जनसंख्या ऋणात्मक भएको निष्कर्ष निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्