२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

खाद्यान्नमा सधैं खेलाँची

कमिसन, नाफाखोरी र ठेक्का लिन जस्तोसुकै कुकर्म गर्न पनि पछि नहट्ने हाम्रो संस्कारको परिणाम हो अहिलेको कर्णालीको खाद्यान्न समस्या। यस्तो प्रवृत्तिलाई पराजित गर्न सरकारबाटै उपयुक्त कदम चाल्नुको विकल्प देखिँदैन।

थोराङला पास गराएर मनाङमा खाद्यान्न ढुवानी तयारी

बाढी पहिरोले सडक क्षतविक्षत पारेपछि हिमाली जिल्ला मनाङमा एकमहिना देखि खाद्यान्न आपूर्ति रोकिएको छ । बेसीसहर–चामे सडक तत्काल खुल्ने अवस्था नहुँदा खाद्य संकटको सम्भावना रहेको स्थानीयले बताएका छन् । कतिपय दैनिक उपभोग्य बस्तु अभाव भईसकेको उनीहरुको भनाई छ । तर, स्थानीय प्रशासनले अझैसम्म खाद्य अभाव नभएको बताएको छ ।

खाद्यान्न आपूर्ति गर्न बिक्री केन्द्र

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राजधानीका चार ठाउँमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो। बजारमा खाद्यवस्तु तथा तरकारीको सहज आपूर्तिका लागि भन्सार क्लियरिङदेखि सहज ढुवानीका लागि सहजीकरण गरेको जनाएको छ। कालोबजारी र अभाव नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्