१० मंसिर २०८१ सोमबार
image/svg+xml

संसदमा प्रधानमन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले सरकारका मन्त्रीहरुको संविधान उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे।

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। लामो समयदेखि रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसबारे निर्णय लिन परिषदका अध्यक्ष समेत रहेका ओलीले बुधबार दिउँसो २ बजेलाई बैठक बोलाएका हुन्।

सैन्य अभ्यास सहमति भएको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा वलीले हालै नेपालमा भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनका क्रममा कुनै पनि देशका सेनासँग संयुक्त रुपमा सैन्य अभ्यास गर्ने सहमति नभएको प्रस्ट पारेका छन्।

बादलमाथि मडारिन लागेको कालो बादल

अहिले अकस्मात र अत्यन्त नाटकीयशैलीमा गृहमन्त्री रामबहादुर थापा बादलमाथि सत्ताको अर्को कालो बादल मडारिन थालेको देखिँदैछ ।

३३ किलो सुन तस्करी प्रकरण : प्रधानमन्त्री कार्यालयमै थन्कियो प्रतिवेदन

बहुचर्चित ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान राजनीतिक दबाबमा रोकिएपछि थप अनुसन्धानको जिम्मेवारी कुनै पनि निकायले पाएका छैनन्।

सहकारीलाई राष्ट्रिय उत्पादनमा सामेल गराउन आवश्यक : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आउँदो पाँच वर्षभित्र कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान दोब्बर बनाइने उद्घोष गरेकी छिन्। नेपाल सहकारी पत्रकार समाजको आठौं वार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कुल ग्राहस्थ उत्पादनमा सहकारीको ४ दशमलव ५ प्रतिशत योगदानलाई आउँदो पाँच वर्षभित्र १० प्रतिशत बढाइने बताइन। सहकारीलाई राष्ट्रिय उत्पादनमा सामेल गराउन आवश्यक भइसकेको उनको भनाई थियो।

कर्मचारी समायोजन पुस मसान्तसम्ममा – मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामति प्रशासनलाई राष्ट्रप्रति समर्पित, सक्षम र जनताप्रति उत्तरदायी बनाउन नियन्तर प्रयास भइरहेको बताएका छन्।

प्रदेश तीन मन्त्रीपरिषद् बैठकले गर्याे ६ निर्णय

तीन नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठकले ६ निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रदेश निजामति सेवा पुरस्कार सम्बन्धी कार्यविधि स्वीकृत गर्ने, सामाजिक विकास मन्त्रालयको मातहतमा रहने कार्यालयको स्थापना गर्न स्वीकृत गर्ने निर्णय गरेको छ।

कोइकाकाे लगानीलार्इ स्वीकृति प्रदान गर्न संघीय सरकारसँग माग

कर्णाली प्रदेश सरकारले कोरिया इन्टरनेशनल कोपरेशन एजेन्सी (कोइका) लाई कर्णाली प्रदेशमा लगानीका लागि स्वीकृति दिन संघीय सरकारसँग अनुरोध गरेको छ।

धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिनेछ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन्।

बोर्ड छन्, परियोजना छैनन्

भरतपुर महानगरपालिका–१० को हस्पिटल रोडमा खारेजीमा परेको जिल्ला कृषि विकास कार्यालयको भवन छ । यहाँ कार्यालयको साइन बोर्डसँगै थप तीनवटा साना बोर्ड पनि राखिएका छन्।

अर्थमन्त्रीले भने– ‘कर तिरेर सभ्य नागरिक बन्नुस्’

संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले राज्यले तोकेअनुसार कर तिरेर सभ्य नागरिक बन्न आग्रह गरेका छन्। आइतबार सदरमुकाम मलंगवास्थित आन्तरिक राजश्व कार्यालय जनकपुर अन्तर्गतको करदाता सेवा केन्द्रको उद्घाटन गर्दै मन्त्री खतिवडाले राज्यले तोके अनुसार कर तिरेर सभ्य नागरिक बन्न आग्रह गरेका हुन्।

कर्णाली विकासका लागि विज्ञ समूह गठन

कर्णाली प्रदेश सरकारले कर्णालीको एकीकृत विकासका लागि विज्ञ समूह गठन गरेको छ। मन्त्रिपरिषद बैठकले नेकपाका नेता जनार्दन शर्मासहित १० जनाको विज्ञ समूह गठन गरेको हो।

संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्छ: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनुपर्ने बताएका छन्।

केन्द्र सरकारले संविधान मिच्यो : जमकट्टेल

प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले संघीय सरकारले संविधान मिचेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्