१० मंसिर २०८१ सोमबार
image/svg+xml

तथ्यांकमा तजबिजी

मुलुकको ढुकुटीको जिम्मा लिएका अर्थमन्त्री युवराज खतिवडाले पाँच महिनाको अवधिमा मुलुकको अर्थतन्त्रबारे फरकफरक धारणा व्यक्त गरेर शंका पैदा गराउने काम गरेका छन् । अर्थमन्त्रीमा नियुक्तिको डेढ महिनापछि गत चैत १६ गते अर्थतन्त्रबारे श्वेतपत्र जारी गर्दै उनले मुलुक वित्तीयरुपमा टाट पल्टेको घोषणा गरेका थिए ।

सीमापार प्रसारण लाइन होला?

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले नेपालमा गरेको पहिलो भ्रमणको बेला तत्कालीन संविधान सभामा २०७१ साउन १८ गते गडगडाहट तालिकाबीच बोलेका एचएटी (ह्याट) अर्थात् हाइवे, एअरवे र ट्रान्सवेका बारेमा सदस्य राष्ट्रहरूबीच छलफलमा ल्याउन उनकै समुपस्थितिमा हुने यस पटकको बिम्स्टेक बैठक हाम्रा लागि राम्रो अवसर बन्नेछ ।

५० दिनमा पनि पुरिएनन् खाल्डा

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको ५० दिन बित्दा पनि चाबहिल–जोरपाटी सडकखण्डका खाल्डाखुल्डी पुरिएका छैनन्।

बिमस्टेक सम्मेलन : सदस्य राष्ट्रका प्रमुखलाई प्रधानमन्त्रीकाे रात्रिभोज

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रका प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिभोज दिएका छन्। आजदेखि काठमाडौंमा सुरु भएको बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका पाहुनालाई प्रधानमन्त्री ओलीले होटल ह्यात रिजेन्सीमा विहीबार साँझ रात्रिभोज दिएका हुन्।

गृहमन्त्रीको अाइजिपीलार्इ निर्देशन : बलात्कार न्युनिकरणको योजना बनाउनुस्

गृहमन्त्री रामबहादुर थापाले बढ्दै गएका महिला हिंसा र बलात्कारका घटनाको न्युनिकरण गर्न तत्काल विशेष योजना बनाउन नेपाल प्रहरीका महानिरीक्षक (अाइजिपी) सर्वेन्द्र खनाललाई निर्देशन दिएका छन्।

बामदेवको लागि सुरक्षित क्षेत्र बनाएर फर्किए पर्यटन राज्यमन्त्री बुढा

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा गृह जिल्ला डोल्पामा नेकपा नेता बामदेव गौतमको लागि सुरक्षित निर्वाचन क्षेत्र बनाएर राजधानी फर्किएका छन्।

दाग देख्नुभयो भने मलाई प्रहार गर्नुहोस् : प्रधानमन्त्री

नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औं प्राज्ञसभा दुई सत्रको कार्यक्रम गर्दै मंगलबार सकियो । प्राज्ञ सभाको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कवि हरिभक्त कटुवालको कविता ‘टाढैबाट जुनलाई हेर प्रिय, नजिकबाट दाग देखिन सक्छ’सुनाए ।

थाई प्रधानमन्त्री काठमाडौंमा, को हुन् प्रयुत च्यान ओचा ?

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत च्यान ओचा काठमाडौं आइपुगेका छन्। थाइल्यान्डका पूर्व सेनापती समेत रहेका प्रयुतलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरे।

ओलीले ट्वीटमार्फत गरे बिमस्टेकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागत गरेका छन्।

सडक विस्तारका काम तत्काल सम्पन्न गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खाल्डाखुल्डी मर्मतसहित सडक विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा तीव्र गतिमा सडक विस्तारका काम हुन नसकेको पाइएको भन्दै मन्त्रिपरिषद् कार्यालयले सडकमा रहेका बिजुली र टेलिफोनका पोल तथा तार हटाउन निर्देशन दिएको हो।

महिला हिंसा रोक्न सरकार कडा रुपमा प्रस्तुत हुन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय आएका महिला हिंसा र बलात्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महिला हिंसा रोक्न अब सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्। महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम बर्माको नेतृत्वमा आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको टोलीलाई मन्त्री थापाले महिला हिंसाका घटनालाई गम्भिरतापूवर्क लिएर तत्काल कारवाही गर्न आफूले प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए।

बिम्स्टेक १६औँ मन्त्रीस्तरीय बैठक जारी

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक राजधानीको शोल्टी होटलमा चलिरहेकाे छ।

साम्यवादी जोगीको शासन

राजनीतिबारे ओसोकोे चर्चित भनाइ छ– राजनीति उसका लागि मात्र हुन्छ जससँग अरु केही गर्ने क्षमता छैन । जो मूर्ति बनाउनसक्दैन, जो चित्रमा रंग भर्न सक्दैन, जो गीत गाउन सक्दैन, जो केही पनि गर्नसक्दैन उसकालागि राजनीति सहज हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्