४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बाँकेमा काेरोना कहरः सिकिस्त भएर अस्पताल पुग्दा मृत्यु हुने धेरै

नेपालगन्ज–१० का ४९ वर्षीय पुरुषलाई ज्वरो र रुघाखोकीले सताएको एक साताभन्दा बढी समय भइसकेको थियो । भेरी अस्पतालमा पुगेर स्वाब दिएपछि बैशाख ५ गते उनको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखायो । त्यतिबेलासम्म भेरी अस्पतालमा खासै भिडभाड थिएन र पनि उनी होम आईसोलेशनमै बस्ने निधो गरे । जब उनको स्वास्थ्यमा गम्भिर समस्या देखा पर्न थाल्यो, उनी अस्पतालमा भर्ना हुन खोजे ।

२४ घण्टाभित्र बाँकेमा ८ संक्रमितको मृत्यु

बितेको २४ घण्टामा बाँकेमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र होम आइसोलेसनमा उनीहरुको मृत्यु भएको हो।

भेरी अस्पतालमा थप तीन संक्रमितको मृत्यु

यो सँगै बाँकेमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १ सय ११ र जिल्ला बाहिरको मृतक संख्या १ सय १३ पुगेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। मृतकको शवलाई नेपाली सेना र परिवारको समन्वयमा ब्यवस्थापन गर्ने कार्य भइरहेको उनले बताए।

२४ घण्टाभित्र बाँकेमा १२ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टाभित्र बाँकेमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । २४ घण्टाभित्र यति धेरै मृत्यु भएको यो तथ्यांक अहिलेसम्मकै उच्च रहेको बताइएको छ ।

संक्रमितले खचाखच भरिएको कोभिड वार्ड (भिडियाेसहित)

‘मनोबल उच्च बनाउँ...तिमीलाई केही हुँदैन....हरेस नखाउ’ ति पुरुषले यस्तै–यस्तै शब्द निकालेर बाँच्ने मनोबल दिइरहेका छन् । हेर्दा सामान्य अवस्थाको जस्तो लागेपनि महिलालाई कोरोना भाईरसले उनलाई बेस्सरी च्यापेको जस्तो देखिन्छ ।

कोरोना संक्रमितलाई उपचार खर्च धान्नै गाह्रो

कोरोना संक्रमितको उपचार गरिरहेका अस्पताललाई सरकारले बिरामीको संख्या र अवस्था अनुसार निश्चित खर्च तोकेर बजेट दिइरहेको छ।

भेरी अस्पतालमा रित्तिदै पिपिई मौज्दात

कोरोना संक्रमितको उपचार र मृतकको शव ब्यवस्थापनमा प्रयोग गरिने पिपिई(पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) सेटको मौज्दात भेरी अस्पतालमा रित्तिदै गएको छ।

भेरी अस्पतालमा उपचाररत संक्रमित भन्छन्: ‘एउटै बेडमा दुईजना बस्नुपरेको छ’

नेपालगन्ज–२ घरबारी टोलका व्यापारी हिमलाल न्यौपाने र उनकी पत्नी दुर्गादेवी चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका छन्। उक्त वार्डको ४५ नम्बर बेडमा यी दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार गराइरहेका छन्।

भेरी अस्पतालमा उपचार गराइरहेका संक्रमित भन्छन्ः सेतो कपडा लगाएका मान्छे कोठामा छिर्ने बित्तिकै मुटु काँप्छ

नेपालगन्ज–२ घरबारी टोलका ब्यापारी हिमलाल न्यौपाने र उनकी श्रीमती दुर्गादेवी विगत चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना छन् । उक्त वार्डको ४५ नम्बर बेडमा यि दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार गराइरहेका छन् । हिमलालको भन्दा दुर्गादेवीको स्वास्थ्य अवस्था कमजोर छ । श्वासप्रश्वासमा बढी समस्या भएकाले उनलाई अक्सिजन दिइरहनुपर्छ । हिमलालाई भने छाती दुख्ने समस्या छ ।

बाँकेमा २४ घण्टाभित्र तीन सय ४३ नयाँ संक्रमित थपिए

भेरी अस्पतालमा अहिलेसम्म १ सय ७ जना पुरुष र ९६ महिला गरी २ सय ३ जना संक्रमित भर्ना भएका छन्। यसमध्ये ६८ जना सिकिस्त छन्।

भेरी अस्पतालमा एकैरातमा थप ४ संक्रमितको मृत्यु

नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएका संक्रमित मध्ये एकैरातमा ४ जनाको मृत्यु भएको छ । मृतक सबै बाँकेवासी हुन् ।

अक्सिजन खरिद गर्न भेरी अस्पताललाई नागरिक स्तरबाट सहयोग

भेरी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिनका लागि नागरिक स्तरबाट सहयोग अभियान सुरु गरिएको छ।

संक्रमितको संख्या अत्याधिक रुपले बढ्दै, बिरामीका लागि शय्या अभाव

उपचारका लागि अस्पतालमा पुग्ने गरेका कोरोना संक्रमित बेड नपाएर बाहिरै बस्नु परेको छ। भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ६५ बेड क्षमताको कोभिड वार्ड पनि खाली छैन। अहिले अस्पतालमा दैनिक रुपमा संक्रमितको संख्या बढ्ने मृत्यदर थपिने गरेका छन्।

कोरोना संक्रमितले भरियो भेरी अस्पतालको कोभिड वार्ड

‘हामीसँग उपलब्ध रहेको १ सय ४२ बेड पुरै प्याक भइसकेको छ, यि बेड खाली नहुँदा सम्म कसैलाई पनि भर्ना गर्नसक्ने स्थिती छैन, सबै बेड प्याक भइसकेका छन्, दिनहुँ संक्रमितको ग्राफ उच्च छ, अस्पतालले नै थेग्न गाह्रो भइसक्यो,’: मेसु डा. प्रकाश थापा

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्