२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बाँकेमा २४ घण्टाभित्र तीन सय ४३ नयाँ संक्रमित थपिए

कोरोनाको पिसिआर परिक्षण गर्न भेरी अस्पतालमा पुगेका सर्बसाधारण। तस्बिर नागरिक

बाँकेमा २४ घण्टाभित्रमा ३ सय ४३ जना नयाँ संक्रमित फेला परेका छन्। कुल ४ सय ५४ वटा स्वाब परिक्षण गर्दा ३ सय ४३ जनालाई संक्रमण पुष्टि भएको हो। यसमध्ये बाँकेका मात्र १ सय ७२ पुरुष र १ सय २८ महिला गरी ३ सय जना रहेका छन्।

भेरी अस्पतालमा १ सय ९५ जनाको परिक्षण गर्दा १ सय ६२ जनालाई कोरोना पोजेटिभ देखिएको छ। नेपालगन्ज मेडिकल कलेजमा ९४ वटा स्वाब परिक्षण गर्दा ६७ जना पोजेटिभ देखिएका छन्। बागेश्वरी ल्याबमा १ सय ५२ को परिक्षण गर्दा १ सय १२ जनालाई संक्रमण भएको छ। जमुनाहास्थित हेल्थ डेस्कमा १३ जनाको परिक्षण गर्दा २ जनालाई संक्रमण देखिएको केन्द्रले जनाएको छ।

बाँकेमा अहिलेसम्मको कुल पोजेटिभ संख्या ७ हजार ४ सय ९७ पुगेको छ। यसमध्ये ४ हजार ५ सय ७२ पुरुष र २ हजार ९ सय २५ महिला रहेका छन्। अहिलेसम्म ३ हजार १ सय ८४ पुरुष र १ हजार ८ सय १९ महिला गरी कुल ५ हजार ३ जना डिस्चार्ज भएका छन्।

भेरी अस्पतालमा अहिलेसम्म १ सय ७ जना पुरुष र ९६ महिला गरी २ सय  ३ जना संक्रमित भर्ना भएका छन् । यसमध्ये ६८ जना सिकिस्त छन्। मेडिकल कलेजको शिक्षण अस्पतालमा ३१ पुरुष र २६ जना महिला गरी ५७ जनाले उपचार गराइरहेका छन् । त्यसमध्ये २६ जना संक्रमित सिकिस्त रहेका छन्। होटल ह्वाईट हाउसमा ३३ पुरुष र ६ महिला गरी ३९ जना छन्।  कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा १२ जना पुरुष रहेका छन् । यसमध्ये ४ जना सिकिस्त रहेको बताइएको छ।

यस्तै होम आइसोलेशनमा १ हजार २ सय ७८ पुरुष तथा १ हजार महिला गरी २ हजार २ सय ७८ जना बसिरहेका छन्। बाहिरी जिल्लाबाट बाँकेमा १ सय ८१ जनाले उपचार गराइरहेका छन्। भेरी अस्पतालसँग हाल २ सय बेड क्षमताको कोभिड वार्ड रहेको छ । यसअघि रहेको १ सय ४२ लाई बढाएर २ सय पुर्याइएको छ । यसमध्ये १ सय ३० बेडको जनरल, ६० बेड आईसियु र १० बेडको भेन्टिलेटर रहेको छ।

प्रकाशित: १३ वैशाख २०७८ ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App